default_image

6 months ago

June 30, 2025

केनको २ गोलमा बायर्न अन्तिम आठमा

541 views

0 Bookmark

एजेन्सी – फरवार्ड ह्यारी केनले २ गोल गरेको खेलमा जर्मन क्लब बायर्न म्युनिख फ्लामेंगोलाई पराजित गर्दै क्लब विश्वकप को क्वाटरफाइनलमा पुगेको छ।

अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा बायर्न ब्राजिलियन क्लब फ्लामेंगोलाई ४-२ ले पराजित गरेको हो ।

बायर्न जितमा केनले २ र लियोन गोरेट्ज्काले १ गोल गरे । १ गोल आत्मघाती भयो । फ्लामेंगोको लागि गेर्सन र जोर्जिन्होले गोल गरे ।

छैटौं मिनेटमा एरिक पुलगारको आत्मघाती गोलमा बायर्न अग्रता लियो । नवौं मिनेटमा इङ्ग्याल्डका कप्तान केनले गोल गर्दै अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा फ्लामेंगोका लागि गेर्सनले गोल फर्काउँदै अन्तर घटाए । ४१औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गरेपछि बायर्नले पहिलो हाफमा ३-१ को अग्रता लियो।

५४औं मिनेटमा फ्लामेंगोका जोर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोसिस गरे । तर, ७३औं मिनेटमा केनले अर्को गोल गर्दै टोलीको जित निश्चित गरे।

बायर्नले सेमिफाइनल प्रवेशका लागि जुलाई ५ मा पिएसजीसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मियामी ४-० ले हराउँदै पिएसजी क्‍वाटरफाइनल पुगेको हो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.