6 months ago
June 30, 2025
दिपेन्द्र पोखरेल, टेक्सास (अमेरिका)
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको र ११ वर्षदेखि प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी समाधानहरू प्रदान गर्दै आएको आईटी कन्सल्टिङ कम्पनीले किरणलाई ३ वर्षका लागि सोमवार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।
सम्झौता ३० लाख रुपैयाँ बराबरको रहेको उल्लेख गर्दै आइटी सुत्र ले यो समझौताले प्रविधि र खेलकुद दुई क्षेत्रलाई जोडेको बताइएको छ।
कम्पनीको मुख्य उद्देश्य नेपाली प्राविधिक क्षमतालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु रहेकोले किरणको प्रतिबद्धता, अनुशासन र अन्तर्राष्ट्रिय छविले कम्पनीको मिसनलाई थप बल पुर्याउने विश्वास लिएको बताइएको छ।
कम्पनीका सिइओ पंकज श्रेष्ठले सहकार्यबारे भने, ‘किरण चेम्जोङ खेलकुदको मैदानमा मात्रै होइन, हरेक नेपाली युवाका लागि प्रेरणाको स्रोत हुन्। उनको अटल समर्पण र विश्वास कम्पनीको मूल्यमान्यतासँग मेल खान्छ। यो केवल एउटा व्यावसायिक सम्झौता मात्र नभई नेपाली प्रतिभालाई प्रविधि र खेलकुद दुवै क्षेत्रमा अगाडि बढाउने हाम्रो साझा प्रतिबद्धता हो।’

सिइओ श्रेष्ठले यो साझेदारीले आइटी सुत्रका आगामी ब्रान्ड अभियान, युवा लक्षित तालिम कार्यक्रम, डिजिटल प्रस्तुति र सामाजिक पहलमा किरणको सक्रिय भूमिका निश्चित गर्ने बताए ।
आइटी सुत्र अमेरिकाको टेक्सासमा मुख्यालय रहेको एक आइटी परामर्श र स्टाफिङ कम्पनी हो। कम्पनीको सफलताको प्रमुख आधार अमेरिकाका प्रतिष्ठित कम्पनीहरूमा १२ सय भन्दा बढी नेपाली प्राविधिकलाई अवसर प्रदान गर्नु रहेको बताइएको छ।
किरण अहिले अमेरिका भ्रमणमा छन् । डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्दै आएका किरण राष्ट्रिय टोलीबाट १ सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडीको हुन् ।
उनले भारत र माल्दिभ्सबाट व्यवसायिक फुटबल खेलेका छन्। घरेलु फुटबलमा थ्री स्टार क्लब, मच्छिन्द्र क्लब तथा नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसीबाट प्रतिनिधित्व गरेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]