6 months ago
July 1, 2025
एजेन्सी – इटालियन क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलको फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बैंक अफ अमेरिका स्टेडियममा आज भएको भएको प्रि-क्वाटरफाइनलमा फ्लुमिनेसले इन्टरलाई २-० ले पराजित गरेको हो ।
फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले समान गोल गरे । खेलको तेस्रो मिनेटमा नै कानोले गोल गर्दै अग्रता दिलाए । हर्कुलसले इन्ज्युरी समयमा गोल गरे ।
युइएफए च्याम्पियन्स लिग फाइनलको खेलेको इन्टर क्लब विश्वकपमा क्वाटरफाइनल पुग्न सकेन।
हर्कुलसले इंग्लिस क्लब म्यान्चेस्टर सिटी र साउदी क्लब अल हिलालबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।
यसअघि बायर्न म्युनिख, पिएसजी, चेल्सी र पाल्मेइरास क्वाटरफाइनलमा पुगिसकेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]