5 months ago
July 1, 2025
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटी क्लब विश्व कपको अन्तिम १६ बाट बाहिरिएको छ।
अमेरिकामा जारी क्लब विश्वकपमा आज अतिरिक्त समयमा साउदी अरबको क्लब अल-हिलालसँग ४-३ ले पराजित हुँदै सिटी चाहिएको हो।
७ गोलको रोमाञ्चक खेलमा अल हिलालले अतिरिक्त समयमा २ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
पेप ग्वार्डिओलाको टोली समूह चरणबाट सहजै अघि बढेको थियो। अन्तिम १६ मा कमजोर रक्षात्मक प्रदर्शनका सिटीका लागि महंगो पर्यो ।
सिटीले लगातार चौथो खेलमा पहिलो १० मिनेटमै गोलको खाता खोल्यो । कप्तान बर्नार्डो सिल्भाले विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेपछि नजिकबाट गोल गरे ।
अल-हिलालले पहिलो हाफमा खासै अवसर बनाउन सकेन । तर दोस्रो हाफ सुरु भएको ४४ सेकेन्डमै ब्राजिलियन स्ट्राइकर मार्कोस लियोनार्डोले बराबरी गोल फर्काए।
बार्सिलोना पूर्व खेलाडी म्याल्कमले डिफेन्स चिर्दै ५२औं मिनेटमा अल-हिलाललाई अग्रता दिलाए। तर ५५ औं मिनेटमा एर्लिङ हालान्डले कर्नरबाट आएको बल गोल गर्दै सिटीलाई खेलमा फर्काए।
निर्धारित समय २-२ को बराबरी टुंगियो। डिफेन्डर कालिदु कुलिबालीले ९४औं मिनेटमा शक्तिशाली हेडर मार्फत गोल गर्दै अल-हिलाललाई अग्रता दिलाए। तर, परिवर्तित खेलाडी फिल फोडेनले १ सय चार मिनेटमा गोल गर्दै सिटीको सम्भावनालाई जीवित राखे।
अल-हिलालका लागि नायक बने मार्कोस लियोनार्डो । अतिरिक्त समय सकिन ८ मिनेट बाँकी रहँदा उनले गरेको गोल निर्मायक बन्यो र २०२१ एएफसी च्याम्पियन्स लिग विजेता अन्तिम आठमा पुग्यो ।
अल हिलालले सेमिफाइनल प्रवेशका लागि ब्राजिलको फ्लुमिनेसको सामाना गर्नेछ । अर्को प्रि क्वाटरफाइनलमा फ्लुमिनेसले इन्टर मिलानलाई २-० ले हराएको थियो ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]