default_image

6 months ago

July 1, 2025

म्यानचेस्टर सिटी क्लब विश्व कपबाट बाहिरियो

1434 views

0 Bookmark

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटी क्लब विश्व कपको अन्तिम १६ बाट बाहिरिएको छ।‌

अमेरिकामा जारी क्लब विश्वकपमा आज अतिरिक्त समयमा साउदी अरबको क्लब अल-हिलालसँग ४-३ ले पराजित हुँदै सिटी चाहिएको हो।

७ गोलको रोमाञ्चक खेलमा अल हिलालले अतिरिक्त समयमा २ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

पेप ग्वार्डिओलाको टोली समूह चरणबाट सहजै अघि बढेको थियो। अन्तिम १६ मा कमजोर रक्षात्मक प्रदर्शनका सिटीका लागि महंगो पर्यो ।

सिटीले लगातार चौथो खेलमा पहिलो १० मिनेटमै गोलको खाता खोल्यो । कप्तान बर्नार्डो सिल्भाले विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेपछि नजिकबाट गोल गरे ।

अल-हिलालले पहिलो हाफमा खासै अवसर बनाउन सकेन । तर दोस्रो हाफ सुरु भएको ४४ सेकेन्डमै ब्राजिलियन स्ट्राइकर मार्कोस लियोनार्डोले बराबरी गोल फर्काए।

बार्सिलोना पूर्व खेलाडी म्याल्कमले डिफेन्स चिर्दै ५२औं मिनेटमा अल-हिलाललाई अग्रता दिलाए। तर ५५ औं मिनेटमा एर्लिङ हालान्डले कर्नरबाट आएको बल गोल‌ गर्दै सिटीलाई खेलमा फर्काए।

निर्धारित समय २-२ को बराबरी टुंगियो। डिफेन्डर कालिदु कुलिबालीले ९४औं मिनेटमा शक्तिशाली हेडर मार्फत गोल गर्दै अल-हिलाललाई अग्रता दिलाए। तर, परिवर्तित खेलाडी फिल फोडेनले १ सय चार मिनेटमा गोल गर्दै सिटीको सम्भावनालाई जीवित राखे।

अल-हिलालका लागि नायक बने मार्कोस लियोनार्डो । अतिरिक्त समय सकिन ८ मिनेट बाँकी रहँदा उनले गरेको गोल निर्मायक बन्यो र २०२१ एएफसी च्याम्पियन्स लिग विजेता अन्तिम आठमा पुग्यो ।

अल हिलालले सेमिफाइनल प्रवेशका लागि ब्राजिलको फ्लुमिनेसको सामाना गर्नेछ । अर्को प्रि क्वाटरफाइनलमा फ्लुमिनेसले इन्टर मिलानलाई २-० ले हराएको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.