default_image

5 months ago

July 5, 2025

नेपाल चौथो पटक उज्वेकिस्तानसँग भिड्दै

4739 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला राष्ट्रिय फुटबल टोली आज नयाँ इतिहास रच्ने अठोटका साथ उज्वेकिस्तानविरुद्ध उसैको मैदानमा उत्रदैछ।

एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपाल र उज्वेकिस्तान एकअर्कासँग खेल्दैछन् ।

यसअघि समूहका दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ । एसियन कप २०२६ छनोट हुनका दुवै टोलीका लागि यो अन्तिम अवसर हो ।

त्यसअर्थ आज राति नेपाली समयअनुसार ९:१५ बजे सुरु हुने खेल फाइनल सरह हुनेछ। दुवै टोलीको एक मात्र लक्ष्य जितसँगै एसियन कप छनोट नै हो। बराबरी भएको अवस्थामा टाइब्रेकरमा पुगेर पनि आजको खेलमा नतिजा निकाल्नु पर्ने हुन्छ।

यी दुई टोलीबीचको यो चौथो हुनेछ। तर यसअघि तीनपल्ट उज्वेकिस्तानसँग नेपाल पराजित भएको छ। तर, आजको जितले भने कथा बदल्न सक्छ। सन् १९९९ पछि पहिलो पटक एएफसी महिला एसियन कपमा नेपालको प्रवेशको ढोका यही खेलले खोल्न सक्छ।

नेपाल र उज्वेकिस्तानबीचको ‘हेड टु हेड’ इतिहास उज्वेकिस्तानको पकडमा देखिन्छ। दुवै राष्ट्रबीच अहिलेसम्म ३ खेल भएका छन् । जसमा सबै खेल उज्वेकिस्तानले जितेको छ।

पहिलो भिडन्त सन् १९९९ मा फिलिपिन्समा भएको महिला एसियन च्याम्पियनसिपमा भएको थियो। ६–१ को हार नेपाली टोलीका लागि पीडादायी भए पनि त्यही खेलमा पेमा डोल्मा लामाको गोल नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय इतिहासमा पहिलो गोल बनेको थियो।

त्यसपछि लामो अन्तरालपछि सन् २०१९ मा नादेज्दा कपको लिग चरणमा नेपालले पुनः उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्‍यो। त्यो खेलमा नेपाल २–० ले पराजित भयो।

सोही प्रतियोगिताको फाइनलमा दुबै टोली पुनः आमनेसामने हुँदा नेपाल ३–२ ले पराजित भयो । जहाँ नेपालका लागि दुबै गोल साबित्रा भण्डारी (साम्बा) ले गरेकी थिइन् ।

अहिले साम्बा नै कप्तानका रूपमा टोलीको अग्रपंक्तिमा छिन्। छनोट चरणमा उनले दुई ह्याट्रिकसहित ७ गोल गरिसकेकी छन्। साम्बासहित टोली फर्म र आत्मविश्वासमा रहेकाले उज्वेकिस्तानविरुद्ध नेपालले जित्ने अपेक्षा गरिएको छ।

तीन खेलमा नेपालले ३ गोल गर्दा उज्वेकिस्तानले ११ गोल गरिसकेको छ। तर, तथ्यांकभन्दा ठूलो हुन्छ प्रेरणा। आजको खेलमा नेपाली टोली त्यही प्रेरणाले लड्न मैदानमा उत्रनेछ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.