5 months ago
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु-१६ युथ लिगमा आइतवार संकटा क्लब, मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटाले जवालाखेल युथ क्लबलाई ५-० ले पराजित गर्यो।
संकटाका लागि पेम्बा तामाङले २ गोल तथा करण भुल, सुमित बालम्पाकी र प्रजल कुमार लिम्बूले समान १ गोल गरे। संकटाका पेम्बा खेलको उत्कृष्ट खेलाडी चुनिए।
अर्को खेलमा मच्छिन्द्रले एपिएफ फुटबल क्लबलाई ४-१ ले हरायो। मछिन्द्रका सुमन बम ठकुरी र विकास थापाले समान २ गोल गरे ।
एपिएफका लागि पुजन ढकालले सान्त्वना गोल गरे। मच्छिन्द्रका विकास थापा खेलको उत्कृष्ट खेलाडी घोषित भए।
त्यस्तै पुलिस क्लबले न्युरोड टिम (एनआरटी) लाई ६-० को फराकिलो अन्तरले माथ दियो। पुलिसका समिर कुमारले ह्याट्रिक गरे। उनले १३औं मिनेटमा पहिलो, पहिलो हाफको इन्जुरी समयमा दोस्रो र ६७ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।
प्रशन राई, मनिष बस्नेत र रिजनराज गौतमले समान १ गोल गरे । पुलिसका समिर खेलको उत्कृष्ट खेलाडी बने।
प्रतियोगितामा ए डिभिजन क्लबका १४ टिम सहभागी छन्। खेल डबल राउण्ड-रबिन फारम्याटमा भइरहेका छन्। प्रतियोगिता फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम अन्तर्गत आयोजना गरिएको हो।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]