9 years ago
March 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेल्दाका १० खेलाडी विना पनि बिहीबारबाट नेपालगञ्जमा सुरु हुने टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपमा भाग लिने पक्का भएको छ ।

बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भइसकेको छन् । शेख कमल कप्तान अनिल गुरुङ, सुजल श्रेष्ठ, रोहित चन्द, विराज महर्जन, विशाल श्रेष्ठ, कमल श्रेष्ठ, हेमन्त थापामगर, विमल बस्नेत, विक्रम लामा र देवेन्द्र तामाङले खेलेका थिए । विक्रम र देवेन्द्रबाहेक ८ मनाङका आफ्नै खेलाडी हुन् । शेख कमलमा मनाङ सेमिफाइनल पुगेको थियो । राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभ्स टोली टिसी स्पोर्टस्सँग मनाङ सेमिफाइनलमा पराजित भएको थियो । टिसीले शेख कमल उपाधि जितेको थियो ।
‘मनाङ आउने पक्का छ’ आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले भने । एन्फा बाँकेले आइतबार पत्रकार सम्मेलनमार्फत भाग लिने ८ टोलीको नाम सार्वजनिक गरेपनि त्यसमा एउटा टोली फेरवदल भएको शाहीले बताए । यसअघि नआउने भनेको भारतको दिल्ली युनाइटेड आउने भएको छ भने त्रिभुवन आर्मी क्लबले नाम फिर्ता लिएको छ । अब दिल्ली युनाइटेड, मनाङ, सिएमजी क्लब संकटा, नेपाल पुलिस, नेपाल एपिएफ क्लब, आयोजक नेपालगञ्ज ११, अग्नी रुपन्देही ११, साविक विजेता सुदूरपश्चिम ११ ले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
चैत ४ गते सम्म हुने टुबोर्ग नेपालगञ्ज गोल्डकपको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर खेलाडी, रेफ्री, अफिसियलको दुर्घटना विमा एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको छ । प्रतियोगितामा एन्फा, युवा तथाा खेलकुद मन्त्रालय, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, बाँके जिल्ला खेलकुद विकास समितिको सहकार्य रहेको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताको क्वार्टरफाइनल खेलेको टिकटदर १ सय तथा सेमिफाइनल र फाइनलको टिकटदर २ सय तोकिएको संघले जनाएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]