default_image

5 months ago

July 9, 2025

पुलिस, एपिएफ र श्री भगवतीको जित

499 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु – १६ युथ लिगमा आज नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्री भगवती क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले फ्रेन्डस् क्लब, एपिएफले चर्च ब्वाइज युनाइटेड तथा श्री भवतीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको हो ।

पहिलो खेलमा पुलिसले फ्रेन्ड्सलाई २-० ले पराजित गरेको हो । पुलिसको जितमा समिर कुमारले ५८औं र अप्सन राईले ८८औं मिनेटमा गोल गरे ।

अर्को खेलमा भगवतीले सातदोबाटोलाई ६-० गोल अन्तरले पराजित गर्यो । भगवतीको जितमा क्षितिज शाहीले ह्याट्रिक पूरा गरे ।‌ राहुल शाहीले २ र सुयोग श्रेष्ठले १ गोल गरे ।

क्षितिजले नवौं, ३१ औं‌ र ५५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। राहुलले २४औं र ५०औं मिनेट‌मा र सुयोगले अन्तिम मिनेटमा गोल गरे ।

आजै भएको अर्को खेलमा एपिएफले चर्च ब्वाइजलाई १-० गोल अन्तरले पराजित गर्यो । एपिएफका लागि खेलको पाँचौ मिनेटमा पुजन ढकालले गरेको गोल‌ नै निर्णायक बन्यो ।

लिगमा ‘ए’ डिभिजनका १४ टिम सहभागी छन् । डबल राउन्ड-राेबिन फर्म्याटमा खेल भइरहेको छ। प्रतियोगिता फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम अन्तर्गत आयोजना गरिएको हो।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.