5 months ago
July 15, 2025
एजेन्सी – रियल म्याड्रिडमा १३ वर्ष बिताएका लुका मोड्रिच फ्रि ट्रान्सफरमा एसी मिलानमा आबद्ध भएका छन्।
३९ वर्षीय मिडफिल्डरले इटालियन क्लबसँग सन् २०२६ को जुनसम्मको सम्झौतामा हस्ताक्षर गरेका छन् । एक वर्ष थप गर्ने विकल्प पनि मिलानसँग हुनेछ।
अमेरिकामा भएको क्लब विश्वकपपछि रियल छाड्ने मोड्रिचले मे महिनामा घोषणा गरेका थिए । सम्झौतापछि मोड्रिचले भने,’ खेलजीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा निकै खुसी छु।’
दोस्रो कार्यकालका लागि मिलानको प्रशिक्षक बनेका मासिमिलियानो आलेग्रीले यस महिनाको सुरुवातमा क्रोएसियाका कप्तान मोड्रिच क्लबमा आउने पुष्टि गर्दै उनलाई ‘असाधारण खेलाडी’ भन्दै प्रशंसा गरेका थिए।

२०१८ मा बालोन ड’ओर जितेका मोड्रिचले २०१२ मा टोटनह्यामबाट रियल पुगेपछि क्लबबाट २८ उपाधि जितेका थिए । त्यसमा ६ च्याम्पियन्स लिग र ४ ला लिगा उपाधि छन्। उनी रियलको इतिहासमै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन्।
रियलका लागि ५ सय ९७ खेलमा उनले ४३ गोल गरेका थिए। उनको अन्तिम खेल गत हप्ता क्लब विश्वकपको सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनविरुद्ध ४-० को हार थियो।
मोड्रिच अर्को वर्ष क्यानडा, मेक्सिको र अमेरिका संयुक्त रुपमा आयोजना गर्ने विश्वकप खेल्न इच्छुक छन्।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]