5 months ago
July 17, 2025
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् ।
साम्बाले सन् २०२५-२६ सिजनका लागि अष्ट्रेलियाको ए लिग खेल्ने क्लब वेलिंगटनसँग अनुबन्ध गरेकी हुन् । वेलिंगटन न्युजिल्याण्डको क्लब भएपनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ ।
फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन खेलेपछि साम्बाले अष्ट्रेलियाको लिगमा खेल्ने निर्णय लिएकी हुन् । उनले त्यसअघि इजरायलको हापोएल राना’नाबाट पनि खेलेकी थिइन् । उनले दक्षिण एसियामा भारत र माल्दिभ्समा पनि खेलिसकेकी छिन् ।
साम्बाले गत महिना सम्पन्न एएफसी एसियन कप छनोटमा राष्ट्रिय टोलीको कप्तानी पनि गरेकी थिइन् । तर नेपाल अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टीमा हार्दा एसियन कपमा भने छनोट हुन सकेन ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]