default_image

5 months ago

July 17, 2025

मेस्सी सम्मिलित मियामीको हार

652 views

0 Bookmark

एजेन्सी – लियोनेल मेस्सीको मेजर लिग सकर (एमएलएस ) मा लगातार ५ खेलसम्म २ गोल गर्दै कीर्तिमान बनाएका थिए।

त्यसले बुधवारको खेलमा निरन्तरता पाउन सकेन । उल्टो मेस्सीसम्मिलित  इन्टर मियामी एफसी सिन्सिनाटीसँग ३-० ले पराजित भएको छ।

३८ वर्षीय अर्जेन्टिनी स्टार फरवार्ड मेस्सीले लगातार ५ खेलमा समान २ गोल गर्दै मियामीका लागि गोल संख्या १६ पुर्‍याएका थिए।

त्यो अवधिमा  मियामीले ४ जित र १ बराबरी गरेको थियो। मेस्सीले यसअघि सन् २०१२ मा बार्सिलोनाबाट खेलेको समयमा लगातार ५ खेलमा २ वा त्यो भन्दा बढी गोल गरेका थिए।

तर सिन्सिनाटीविरुद्ध मियामीले जम्मा दुईवटा फ्रेममा प्रहार गर्न सकेको थियो। अमेरिकी २० वर्षीय मिडफिल्डर जेरार्डो भ्यालेन्जुएलाले खेलको १६औं मिनेटमा सिन्सिनाटीका लागि गोलको खाता खोले।

ब्राजिली स्ट्राइकर इभ्याण्डरले ५०औं मिनेटमा दोस्रो गोल  र ७०औं मिनेटमा अर्को गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । 

मियामी (११ जित, ४ बराबरी, ५ हार) को  ३८ अंक छ । इस्टर्न कन्फ्रेन्समा मियामी पाँचौं स्थानमा छ र  शीर्षस्थानको फिलाडेल्फियाभन्दा ८ अंकले पछाडि छ।

फिलाडेल्फियाले मोंट्रियाललाई हराएर सिन्सिनाटीभन्दा १ अंकले अगाडि रहँदै तालिकाको शीर्ष स्थानमा छ।
शीर्ष २ टोली भन्दा मियामीले ३ खेल कम खेलेको छ । सबै खेल जितेमस मियामीमा शीर्ष स्थानमा पुग्नेछ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.