default_image

5 months ago

July 17, 2025

मेस्सी सम्मिलित मियामीको हार

650 views

0 Bookmark

एजेन्सी – लियोनेल मेस्सीको मेजर लिग सकर (एमएलएस ) मा लगातार ५ खेलसम्म २ गोल गर्दै कीर्तिमान बनाएका थिए।

त्यसले बुधवारको खेलमा निरन्तरता पाउन सकेन । उल्टो मेस्सीसम्मिलित  इन्टर मियामी एफसी सिन्सिनाटीसँग ३-० ले पराजित भएको छ।

३८ वर्षीय अर्जेन्टिनी स्टार फरवार्ड मेस्सीले लगातार ५ खेलमा समान २ गोल गर्दै मियामीका लागि गोल संख्या १६ पुर्‍याएका थिए।

त्यो अवधिमा  मियामीले ४ जित र १ बराबरी गरेको थियो। मेस्सीले यसअघि सन् २०१२ मा बार्सिलोनाबाट खेलेको समयमा लगातार ५ खेलमा २ वा त्यो भन्दा बढी गोल गरेका थिए।

तर सिन्सिनाटीविरुद्ध मियामीले जम्मा दुईवटा फ्रेममा प्रहार गर्न सकेको थियो। अमेरिकी २० वर्षीय मिडफिल्डर जेरार्डो भ्यालेन्जुएलाले खेलको १६औं मिनेटमा सिन्सिनाटीका लागि गोलको खाता खोले।

ब्राजिली स्ट्राइकर इभ्याण्डरले ५०औं मिनेटमा दोस्रो गोल  र ७०औं मिनेटमा अर्को गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । 

मियामी (११ जित, ४ बराबरी, ५ हार) को  ३८ अंक छ । इस्टर्न कन्फ्रेन्समा मियामी पाँचौं स्थानमा छ र  शीर्षस्थानको फिलाडेल्फियाभन्दा ८ अंकले पछाडि छ।

फिलाडेल्फियाले मोंट्रियाललाई हराएर सिन्सिनाटीभन्दा १ अंकले अगाडि रहँदै तालिकाको शीर्ष स्थानमा छ।
शीर्ष २ टोली भन्दा मियामीले ३ खेल कम खेलेको छ । सबै खेल जितेमस मियामीमा शीर्ष स्थानमा पुग्नेछ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.