5 months ago
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो अन्तरले हराएको छ।
श्रीलंका विरूद्ध नेपालको यो लगातार दोस्रो जित हो। चार खेलमा तेस्रो जितका साथ नेपालले ९ अंक बनाएको छ।
बङ्गलादेशमा जारी खेलमा नेपालको लागि समिक्षा मगरले दुई तथा पुर्णिमा राई, कुसुम खतिवडा, सरिता कुमारी नाथ र बिर्सना चौधरीले एक-एक गोल गरे। श्रीलंकाले एक आत्मघाती गोल गरेको थियो।
खेलको १६ औं मिनेटमा नेपालले अग्रता बनायो। मिना देउवाको क्रस श्रीलंककी रश्मी करागेलाई लाग्दै क्रसबारमा लागेर फर्कियो। फर्किएर आएको बललाई पुर्णिमाले हेडर गरिन्। फेरि बल पोष्टमा लागेर फर्कियो। रिबाउन्डमा पुर्णिमाले गोल गरिन्।
३५ औं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो। कुसुमले एज नजिकैबाट हानेको प्रहारले सही दीशा लियो। ४३ औं मिनेटमा सरिताले हानेको फ्रि-किक प्रहारलाई श्रीलंकाकी गोल किपरले जज गर्न नसक्दा दुई पटक बाउन्स हुँदै गोलमा परिणत भयो।
यसपछि ४५ औं मिनेटमा कुसुमको प्रहार श्रीलंकाकी गगनी सेलापेरूमागेलाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो। पहिलो हाफ ४-० को नतिजाम सकियो। नेपालले ४-० को अग्रता बनायो।
६७ औं मिनेटमा नेपालले पाँचौं गोल गर्यो। श्रीलंकाकी दुलीनी अराचिलेगीले नेपालकी सुशीला केसीलाई बक्स भित्र लडाएपछि प्राप्त पेनाल्टीमा सब्स्टिच्युट बिर्सना चौधरीले पेनाल्टीमा गोल गरिन्।
यसपछि ५ मिनेट भित्र समिक्षा मगर दुई गोल गर्न सफल रहिन्। खेलको ७४ औं मिनेटमा सरिताको प्रहार क्रसबारमा लागेर फर्किएपछि समिक्षाले रिबाउन्डमा गोल गरिन्। लगतै ७८ औं मिनेटमा समिक्षाले व्यक्तिगत दोस्रो गोल गरिन्। नेपालले ७-० को अग्रता बनायो। खेलको ९० औं मिनेटमा प्राप्त पेनाल्टीमा सुशीला केसीको प्रहारलाई श्रीलंकाकी गोल किपरले बचाइन्।
अब नेपालले शनिबार भुटानसँग खेल्नेछ। पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बङ्गलादेशसँग ३-२ गोल अन्तरले हारेको थियो। तेस्रो खेलमा भने श्रीलंकालाई ७-० ले नै हराएको थियो।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]