default_image

5 months ago

July 17, 2025

थापाद्वारा उच्चस्तरीय छानबिन समिति गठनको माग

699 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू र आफ्ना छोरा गौरव थापाको विषयमा माइन्युटमा उतारमा समावेश निर्णयको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बिहिवार बुझाएको पत्रमा उच्चस्तरीय छानविन समिति बनाएर एन्फा कार्यसमिति बैठकको सत्य तथ्य सार्वजनिक गर्न मन्त्रीलाई आग्रह गरेका छन्।

गत चैत ११ र १२ गते एन्फा कार्यकारी समितिको बैठक दौरान एजेन्डामा नभएको, कुनै सदस्यले विषय उठान नगरेको र छलफल नै नभएको विषयलाई माइन्युट उतारमा समावेश गरी निर्णय पठाएर नेतृत्वले आफ्नो चरित्र हत्याको प्रयास गरेको थापाको आरोप छ।

‘विधानअनुसार एन्फाले कार्यसमितिका सदस्यलाई पठाएका एजेन्डामा म र मेरो छोरा गौरवको नाम समेत उल्लेख थिएन । त्यसमाथि सदस्यहरुले एजेन्डा थप्न पाउने व्यवस्थाअनुसार पनि कुनै पनि सदस्यले हाम्रो विषय उठान गरेका छैनन् । एन्फा सचिवालय आफैले पठाएको एजेन्डामा नभएको, सदस्यले विषय उठान नगरेको र बैठकमा पनि छलफल नभएको विषयमा माइन्युट उतार्ने क्रममा म र मेरो छोराको नाम जोड्‌दै एन्फा नेतृत्वले निर्णय भएको भनि थपेर पठाएको जानकारी गराउन चाहन्छु,’ पत्रमा भनिएको छ,’ बैठकमा उठदै नउठेका विषय लेख्ने तर छलफल भएका विषय निर्णयमा उल्लेख नगरेर एन्फा नेतृत्वले फिफा, एएफसी, सरकार तथा फुटबलप्रेमीमाझ भ्रम सिर्जना गर्ने प्रयास गरेकोमा नेपाली खेलकुदको अभिभावक संस्था युवा तथा खेलकुद मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु ।’

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.