5 months ago
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको दोस्रो खेलमा फ्रेन्ड्सले जावलाखेललाई ३-१ ले पराजित गर्यो । फ्रेन्ड्सको जितमा आर्यन काजी थापा, पुरन श्रेष्ठ र मन्दिप ढुङ्गेलले गोल गरे ।
जावलाखेलका लागि सुमित वाईबाले सान्त्वना गोल गरे । फ्रेन्ड्सका लागि आर्यनले ३३औं, पुरनले ३८औं र मन्दिपले ७०औं मिनेटमा गोल गरे । जावलाखेलका लागि सुमितले ८१औं मिनेटमा सान्त्वना गोल गरे ।

जितसँगै फ्रेन्ड्सको ६ खेलबाट १३ अंक भएको छ । समान खेलबाट जावलाखेलको ७ अंक छ ।
आजै भएको पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र क्लबले १-१ गोलको बराबरी खेलेका थिए । बराबरी खेले पनि मछिन्द्र शीर्ष स्थानमा यथावत छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]