5 months ago
July 19, 2025
एजेन्सी – स्पेन २८ वर्षपछि युइएफए महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक स्विट्जरल्यान्डलाई २-० ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो।
स्पेनले अहिलेसम्म महिला युरो जितेको छैन। विश्व च्याम्पियन स्पेनले बर्नमा जित निकाल्न संघर्ष गर्नुपर्यो। पहिलो हाफमा स्विसको कडा रक्षापंक्तिलाई भत्काउन स्पेनिस खेलाडीले सफल भएनन् ।
स्पेनले दुई पटक पेनाल्टीबाट गोल गर्न चुकेको थियो
त्यसका बाबजुद एथेनेया डेल कास्टिल्लो र क्लाउडिया पिनाले गोल गरेपछि स्पेनले सन् १९९७ पछि पहिलो पटक युरोको सेमिफाइनल पुग्न सफल भयो।

नाडिन राइजेनले बक्सभित्र फल गरेपछि नवौं मिनेटमा मरिओना काल्देन्टेले स्पेनलाई अग्रता दिलाउने अवसर पाएकी थिइन् । तर उनले पेनाल्टी किक चुकाइन्।
पछि एलेक्सिया पुटेलासले पनि पेनाल्टीमा गोल गर्न सकिनन् । उनको प्रहार सिधै स्विस गोलकिपर लिभिया पेंगको हातमा पुगेको थियो।
परिवर्तित डेल कास्टिल्लोले ६६ औं मिनेटमा गोल गर्दै स्पेन अघि बढाइन् । मैदान प्रवेश गरेको चौथो मिनेटमा नै उनले उत्कृष्ट फिनिशसहित गोल गरिन्।
७१औँ मिनेटमा पिनाले उत्कृष्ट कर्लिङ प्रहारमार्फत टोलीका लागि दोस्रो गोल गरिन् । स्पेनले बुधवार फ्रान्स वा जर्मनीसँग सेमिफाइनल खेल्नेछ। इटाली र इङ्ग्ल्याण्ड यसअघि सेमिफाइनल पुगिसकेका छन्।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]