5 months ago
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रशिक्षणमा रहेको राष्ट्रिय यू-२३ फुटबल टोलीलाई ४० बाट ३२ खेलाडीमा सिमित गरिएको छ।
टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले विभिन्न चरणपछि खेलाडी छनोटको संख्या ३२ मा ल्याएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
टोली आगामी एएफसी यू-२३ एसियाली कप छनोटको तयारीमा जुटिरहेको छ। प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ। नेपाल समूह ‘के’ मा ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग परेको छ।
टोलीमा रहेका ३२ खेलाडी
अभिषेक सेङटाङ, अभिषेक वाइबा, आयुष घलान, आयुष तिम्सिना, अमित टमटा, अनिल बम्जन, अनिश क्षेत्री, आरोन थापा, विवेक गुरुङ, विशाल केसी, विशाल नेपाली, दिपेश गुरुङ, दिपेश राई, जन्मजय धामी, जियारत शेख, कृशल मोक्तान, कृतिश रत्न चुनजू, लहान सुब्बा, निग्मा लामा, नीरज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खड्गी, सबिन घिमिरे, संजीव लामा, शंकर थारू, सन्तोष खत्री, सिमन्त थापा, सुजन मगर, सुमित श्रेष्ठ
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]