5 months ago
July 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशले महिला साफ यु-२० च्याम्पियनसिप जितेको छ। अन्तिम खेलमा आज नेपाललाई ४-० को हार चखाउँदै बंगलादेश अपराजित रहँदै पाँचौं पटक च्याम्पियन बनेको हो।
अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन्। भारत र बंगलादेशले एक संस्करण संयुक्तरुपमा उपाधि जितेको थियो। भारतले कुल २ पटक उपाधि जितेको छ।
नेपाल तेस्रो पटक उपविजेतामा सिमित बन्यो। यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो। दुवै पटक नेपाल बंगलादेशसँग नै हारेको थियो। नेपाल तीन पटक तेस्रो भएको इतिहास छ।
यो पटक उपाधि जित्न नेपाललाई आज जित जरुरी थियो। बंगलादेशलाई बराबरी नै पर्याप्त थियो। जहाँ बंगलादेशले आक्रमक फुटबल खेल्दै नेपाललाई निरिह बनायो।
बसुन्धरा किङ्स स्टेडियममा भएको खेलको सुरुवातमा नै घरेलु टोली बंगलादेशले अग्रता बनायो। खेलको आठौं काउन्टर एटयाकमा नेपालकी गोल किपर सुजाता तामाङ अगाडि बढ्दा सागोरिकाले किपरलाई छलाउँदै गोल गरिन्।
सागारिकाले नेपालसँगको खेलमा रातो कार्ड पाएकी थिइन्। ३ खेल गुमाएपछि उनले आज पुनरागमन गरेकी हुन्।
बंगलादेशले आक्रमक खेललाई नै जोड दियो। पहिलो हाफमा अग्रता बनाउने केहि उत्कृष्ट मौका चुकायो।
नेपालले भने गोल गर्ने उत्कृष्ट मुभ समेत बनाउन सकेन। पहिलो हाफमा बंगलादेशले १-० को अग्रता बनायो।

दोस्रो हाफमा नेपाललाई खेलमा फर्कनुको विकल्प थिएन। तर खेलको ५१ औं मिनेटमा नेपालले दोस्रो गोल बेहोर्यो। मुनकी अख्तरको सटिक पासमा सागोरिकाले बक्स भित्रबाट उत्कृष्ट गोल गरिन्। बंगलादेशले २-० को अग्रता बनायो।
५८ औं मिनेटमा सागोरिकाले ह्याट्रिक पूरा गरिन्। उनले प्राप्त लामो पासमा बक्सभित्रबाट हानेको भलि गोलमा परिणत भयो। बंगलादेश यतिमा मात्र रोकिएन। ७७ औं मिनेटमा सागोरिकाले बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भयो। यो सँगै बंगलादेश ४-० को जितमा च्याम्पियन बन्यो।
बंगलादेश ६ खेलमा सबै जितेर १८ अंक सहित च्याम्पियन बन्यो। ६ खेलमा ४ मा जित र २ हारका साथ नेपाल १२ अंक सहित दोस्रो भयो।
नेपालले बंगलादेशसँग पहिलो खेलमा ३-२ ले पराजित भएको थियो। बंगलादेशसँगको हार बाहेक नेपालले श्रीलंका र भुटानविरुद्ध सानदार जित निकालेको थियो।
श्रीलंकालाई दुवै खेलमा ७-० तथा भुटनलाई पहिलो खेलमा ६-१ ले र दोस्रो खेलमा ८-० ले माथ दिएको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]