5 months ago
July 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशले महिला साफ यु-२० च्याम्पियनसिप जितेको छ। अन्तिम खेलमा आज नेपाललाई ४-० को हार चखाउँदै बंगलादेश अपराजित रहँदै पाँचौं पटक च्याम्पियन बनेको हो।
अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन्। भारत र बंगलादेशले एक संस्करण संयुक्तरुपमा उपाधि जितेको थियो। भारतले कुल २ पटक उपाधि जितेको छ।
नेपाल तेस्रो पटक उपविजेतामा सिमित बन्यो। यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो। दुवै पटक नेपाल बंगलादेशसँग नै हारेको थियो। नेपाल तीन पटक तेस्रो भएको इतिहास छ।
यो पटक उपाधि जित्न नेपाललाई आज जित जरुरी थियो। बंगलादेशलाई बराबरी नै पर्याप्त थियो। जहाँ बंगलादेशले आक्रमक फुटबल खेल्दै नेपाललाई निरिह बनायो।
बसुन्धरा किङ्स स्टेडियममा भएको खेलको सुरुवातमा नै घरेलु टोली बंगलादेशले अग्रता बनायो। खेलको आठौं काउन्टर एटयाकमा नेपालकी गोल किपर सुजाता तामाङ अगाडि बढ्दा सागोरिकाले किपरलाई छलाउँदै गोल गरिन्।
सागारिकाले नेपालसँगको खेलमा रातो कार्ड पाएकी थिइन्। ३ खेल गुमाएपछि उनले आज पुनरागमन गरेकी हुन्।
बंगलादेशले आक्रमक खेललाई नै जोड दियो। पहिलो हाफमा अग्रता बनाउने केहि उत्कृष्ट मौका चुकायो।
नेपालले भने गोल गर्ने उत्कृष्ट मुभ समेत बनाउन सकेन। पहिलो हाफमा बंगलादेशले १-० को अग्रता बनायो।

दोस्रो हाफमा नेपाललाई खेलमा फर्कनुको विकल्प थिएन। तर खेलको ५१ औं मिनेटमा नेपालले दोस्रो गोल बेहोर्यो। मुनकी अख्तरको सटिक पासमा सागोरिकाले बक्स भित्रबाट उत्कृष्ट गोल गरिन्। बंगलादेशले २-० को अग्रता बनायो।
५८ औं मिनेटमा सागोरिकाले ह्याट्रिक पूरा गरिन्। उनले प्राप्त लामो पासमा बक्सभित्रबाट हानेको भलि गोलमा परिणत भयो। बंगलादेश यतिमा मात्र रोकिएन। ७७ औं मिनेटमा सागोरिकाले बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भयो। यो सँगै बंगलादेश ४-० को जितमा च्याम्पियन बन्यो।
बंगलादेश ६ खेलमा सबै जितेर १८ अंक सहित च्याम्पियन बन्यो। ६ खेलमा ४ मा जित र २ हारका साथ नेपाल १२ अंक सहित दोस्रो भयो।
नेपालले बंगलादेशसँग पहिलो खेलमा ३-२ ले पराजित भएको थियो। बंगलादेशसँगको हार बाहेक नेपालले श्रीलंका र भुटानविरुद्ध सानदार जित निकालेको थियो।
श्रीलंकालाई दुवै खेलमा ७-० तथा भुटनलाई पहिलो खेलमा ६-१ ले र दोस्रो खेलमा ८-० ले माथ दिएको थियो।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]