5 months ago
July 22, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले लोन सम्झौता अघि बार्सिलोनामा मेडिकल पास गरेका छन्।
युनाइटेडबाट अनुमति पाएपछि स्थानान्तरणका औपचारिकताहरू पूरा गर्न २७ वर्षीय रासफोर्ड आइतवार राति क्याटालोनिया पुगेका थिए।
इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई सोमवार बिहान प्रशिक्षण मैदानमा बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिक र खेलकुद निर्देशक डेकोले स्वागत गरे।
गत साता बार्सिलोना र युनाइटेडबीचको वार्ता भएको र सप्ताहन्तमा सम्झौताका प्रमुख बुँदामा सहमति भएको थियो।
रासफोर्डले आफ्नो तलबमा २५ प्रतिशत कटौती गर्न सहमति जनाएपछि बार्सिलोनाले लोन अवधिभर रासफोर्डको तलब व्यहोर्ने सहमति गरेको छ। यसले युनाइटेडको करिब १४ मिलियन पाउण्ड बचत हुनेछ।
१२ महिनाको प्रारम्भिक लोन सम्झौतामा ३०.३ मिलियन पाउन्डमा स्थायी रुपमा खरिद गर्ने विकल्प पनि राखिएको छ। रासफोर्डलाई बुधवार मिडियासमक्ष प्रस्तुत गरिनेछ।
युनाइटेडका मुख्य प्रशिक्षक रुबेन आमोरिमले आफूलाई
टोली बाहिर राखेपछि गत डिसेम्बरमा रासफोर्डले नयाँ चुनौतीका लागि तयार रहेको बताएका थिए ।त्यहीबेलादेखि बार्सिलोना नै उनको प्राथमिकता रहेको थियो। गत सिजनको ६ महिना उनी लोनमा एस्टन भिल्ला पुगेका थिए ।
रासफोर्डको स्थानान्तरण समयमै सकिएमा उनी जापान र दक्षिण कोरियाको प्रि-सिजन टुरमा टोलीमा समावेश हुन सक्ने बार्सिलोनाको अपेक्षा छ।
स्पेनी क्लबले उनलाई ला लिगाका लागि दर्ता गर्न अझै केही प्रक्रिया पूरा गर्नुपर्नेछ। तर दर्ता नभएका खेलाडीले प्रशिक्षणमा भाग लिन र मैत्रीपूर्ण खेल खेल्न पाउनेछन्।
यदि रासफोर्डले टुरमा सहभागिता जनाए भने उनले ३१ जुलाईमा एफसी सउलविरुद्धको खेलमा युनाइटेडका पूर्वसाथी जेसी लिङ्गार्डसँग प्रतिस्पर्धा गर्न सक्नेछन्।
३२ वर्षीय लिङ्गार्ड अहिले के लिग दक्षिण कोरियाको शीर्ष डिभिजन क्लब एफसी सउलमा आफ्नो दोस्रो सिजन खेल्दै छन्।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]