default_image

9 years ago

March 6, 2017

फेरी उडान भर्दै हेमन्त!

215 views

0 Bookmark

दिपेन्द्र पोखरेल

काठमाडौँ  – २०७० सालको श्रावण महिनामा नेपालले दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) अन्डर-१६ फुटबल प्रतियोगिताको आयोजना गरेको थियो उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु दर्शकको मन जित्न सफल रह्यो र फाइनलसम्मको यात्रा तय गर्यो

hemanta-thapa-magar-comeback

दशरथ रंगशालामा खेलिएको प्रतियोगिताको समूह चरणमा नेपालले भुटानलाई ७-० र पाकिस्तानलाई ३-०ले हराएको थियो भने अफगानिस्तानसंग १-१को बराबरी खेलेको थियो सेमीफाइनलमा बंगलादेशलाइ ५-१को भारी अन्तरले पराजित गरेको नेपालको फाइनलमा दक्षिण एसियाको बलियो टोली भारतसंग  भेट भयो तर बिडम्बना, राम्रो प्रदर्शन गर्नका बावजुद नेपालले जेरी लालीनजुअलाको एकमात्र गोलले १-०ले पराजित हुँदै दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो

उक्त टोलीका कप्तान रहेका मिडफिल्डर हेमन्त थापा मगर, केहि समयको विश्रामपछि पुन: फुटबलमा फर्किएका छन् विगत २ महिनायता मनाङसंग आवद्ध रहेका हेमन्त हाल राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परेका छन्। उनको प्रदर्शन पनि राम्रो रहेको राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुले बताएका छन्। २०७० सालमै साफ च्याम्पियनसिप २०१३ नेपालले आयोजना गर्दा नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परेका हेमन्त यसबीचमा भने नेपाली फुटबल वर-पर भएतापनि गायबझैं रहेका थिए। उनीसंगै फुटबल खेलेका बिमल घर्ति मगर, अनन्त तामाङ, अन्जन विष्ट, दिनेश राजवंशी, लगायत अन्य केहि खेलाडी राष्ट्रिय टोलीका लागि संघर्ष गर्दा उनि भने बिलिन थिए।

साफ यु-१६मा दोश्रो स्थानमा चित्त बुझाउनुपरेपछि प्रशिक्षक बालगोपाल महर्जनले नेपालमै आयोजित एएफसी यु-१६ च्याम्पियनसिपको छनोट चरणको प्रतियोगिताको लागि कप्तानीको जिम्मा हेमन्तबाट खोसेर बिमल घर्ति मगरलाई दिए। नेपालले छनोटमा राम्रो प्रदर्शन गर्यो र समूह विजेताको रुपमा अन्तिम चरणमा प्रवेश गर्यो। नेपालले बहराइनलाई २-० र तुर्कमेनिस्तानलाई ४-०ले पराजित गरेको थियो भने इराकसंग २-२को बराबरी  खेलेको थियो। त्यसै प्रतियोगिताको अन्तिम चरण भने एक वर्ष पछि थाईल्याण्डमा भएको थियो।

यसबिचमा नेपालले भारत, दक्षिण कोरिया र बेल्जियममा गएर थुप्रै मैत्रीपूर्ण खेल एवं प्रशिक्षण कार्यक्रममा सहभागी भयो। नेपालमा पनि आफूभन्दा ठुलो उमेर समूह र विभिन्न क्लबहरुसंगको खेलले नेपाली टोलीलाई परिपक्व बनाउन सहयोग गरेको थियो। हेमन्त कप्तानीबाट हटाईएको मानसिक तनाव र शरीरीक रुपमा चोटका कारण अस्वस्थ रहेका थिए। उनको उडान एक्कासी रोकिनु अस्वभाविक पनि थिएन।

घुँडाको चोटका कारण लामो समयदेखि उनको टुसा पलाउँदै गरेको फुटबल जीवनमा भने केहि कठिनाई जरुर आयो। थाईल्याण्डमा आयोजित यु-१६ च्याम्पियनसिपको अन्तिम चरणमा नेपालले राम्रो प्रदर्शन गरेपनि समूह चरणबाटै बाहिरियो। यु-१६ टोलीमा रहँदा केहि विदेशमा रहेका अभ्यास खेलहरु गुमाएका हेमन्तले नेपालमै सन् २०१५ भएको साफ यु-१९ प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्न सकेनन्। त्यसलगत्तै राष्ट्रिय लिगमा सुदुरपश्चिमका लागि उत्रिएका हेमन्तले केहि राम्रो प्रदर्शन गरेपनि चोटले उनलाई सताइरह्यो। त्यसपछि नेपालको घरेलु फुटबलले विश्राम लियो र हेमन्तले पनि त्यसै गरे।

एक समय फुटबललाईनै त्याग्ने सुरमा पुगेका हेमन्त मनाङ मर्स्याङदी क्लबले बोलाएपछि भने सोच्न बाध्य भए। केहि मोफसलको प्रतियोगिता खेलेका हेमन्त प्रशिक्षक ग्योतोकु कोजीको नजरमा परेपछि हाल राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका छन्। अहिलेनै अन्तिम टोलीमा पर्ने सम्भावना कम भएतापनि हेमन्त आउने दिनमा भने एक शक्तिकेन्द्रका रुपमा उदाउने क्षमता भएका खेलाडी हुन्।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.