4 months ago
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेश साफ यु १७ च्याम्पियनसिप २०२५ को एकै समूहमा परेका छन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, बंगलादेश र आयोजक श्रीलंका समूह ‘ए’ रहेको छ ।
समूह ‘बि’ मा भने भारत सहित भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । खेल तालिका अनुसार सेप्टेम्बर १५ मा नेपालले उद्घाटन खेलमा नै घरेलु टोली श्रीलंकाको सामना गर्ने छ ।

नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने छ ।
समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल सेप्टेम्बर २७ मा हुनेछ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]