default_image

4 months ago

August 5, 2025

कालिका नगर फाइनलमा

261 views

0 Bookmark

सुशील पन्त क्षेत्री,भरतपुर

राष्ट्रिय युवा संघ कालिका नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा राप्ती नगर कमिटीलाई २-० ले हराउँदै कालिका उपाधि नजिक पुगेको हो ।

कृष्णपुरको मैदानमा कालिकाको जितमा विजय श्रेष्ठ र अजय तामाङले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा विजयको गोलमा कालिकाले अग्रता लियो ।

दोस्रो हाफमा कालिकाले अर्को गोल थप्यो । खेलको अतिरिक्त समयमा कालिकाले पेनाल्टी पायो । प्राप्त अवसरलाई सदुपयोग गर्दै अजयले गोल गरेपछि कालिका २-० ले विजयी भयो ।

खेलको अतिरिक्त समयमा दुबै टिम १० खेलाडीमा सीमित भयो । कालिका विजय श्रेष्ठ र राप्तीका विशाल लामाले रातो कार्ड पाए । कालिकाका दिनेश तामाङ प्लेयर अफ दि म्याच भए ।

कालिकाले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजतीसँँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बुधबार आयोजक भरतपुर महानगर कमिटी र माडी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.