default_image

4 months ago

August 7, 2025

महिला फिफा वरीयता- नेपाल अहिलेसम्म कै उच्च स्थानमा

868 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ। नेपाल एकै पटक १३ स्थान माथि उक्लिएको छ।

विश्व फुटबल महासंघ (फिफा) बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा रहेको छ । यसअघि नेपाल एक सयौं स्थानमा थियो।

८ वर्ष अघिको‌ वरीयता नेपालको यसअघि उच्च वरीयता थियो।‌ सन् २०१७ को डिसेम्बरमा जारी वरीयतामा नेपालले ९१ औं स्थानसम्म पुगेको कीर्तिमान थियो। 

नेपालले गत जुलाईमा उज्वेकिस्तानमा एएफसी महिला एसियन कप छनोटमा गरेको प्रर्दशनका कारण नेपालले वरीयतामा अहिले सम्म कै ठूलो छलाङ मारेको थियो ।

छनोटका ३ खेलमा‌ नेपाल अपराजित रहेको थियो।
एसियन कपको अन्तिम चरणमा पुग्न असफल नेपालले
तत्कालीन वरीयताको एक सय सातौं स्थानमा रहेको लाओसलाई ९- ० र १ सय ५९औं स्थानमा रहेको श्रीलंकालाई ८- ० ले हराएको थियो।

समूह चरणको अन्तिम तथा निर्णायक खेलको निर्धारित समयमा वरीयताको ५१ औं स्थान मा रहेको उज्वेकिस्तानलाई ३-३ को बराबरीमा रोकेको थियो। तर, समान अंक र गोलअन्तर भएपछि एसियन कप छनोटको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।

उज्वेकिस्तानले नेपाललाई ४–२ ले पराजित गर्दै फाइनल राउन्डको यात्रा तय गरेको थियो। नेपालसँग खेलेको उज्वेकिस्तानको अहिलेको वरीयता ५२ औं स्थानमा छ।

लाओस ६ स्थान तल झर्दै १ सय १३औं स्थानमा पुगेको छ। श्रीलंका १‌ सय ६१औं स्थानमा छ। यो टोलीले दुई स्थान गुमाएको हो।

एसियन कपमा छनोट भएको भारत ७० बाट ६३औं‌ स्थानमा र बंगलादेश १ सय २८ बाट एक सय चौथो स्थानमा उक्लिएको छ। बंगलादेश एकै पटक २४ स्थान माथि उक्लिएको छ।

स्पेन महिला फिफा वरीयताको शीर्ष स्थानमा उक्लेको छ । अमेरिकी दोस्रोमा झरेको छ । पुरुषतर्फको वरीयतामा नेपाल १ सय ७५औं स्थानमा छ ।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.