default_image

9 years ago

March 7, 2017

च्याम्पियन्स लिगमा नापोलीले रियललाई निम्ताउदै, रोनाल्डो फिट

178 views

0 Bookmark

नेपल्स (एजेन्सी)– च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा आज राती नापोलीले रियल मड्रिडलाई घरेलु मैदान ‘स्टेडिया सान पोलो’ मा निम्ताउदै छ । पहिलो लेगमा ३–१ ले पछि परेको नापोली घरेलु समर्थक माझ नतिजा उल्टाउने दाउमा हुनेछ ।

Bale and Ronaldo

सामान्य चोटका कारण बाहिरिएका ड्राइस मर्टेन्स घरेलु टोली का लागि मंगलबारको खेलमा फर्कने भएका छन् । नापोलीका प्रशिक्षक मौरिजियो सरी भने नतिजा उल्टाउने सम्भावना कमै देख्छन् । ‘उनिहरु धेरै गोल गरेका छन् । हामी अझै २ गोलले पछाडि छौं,’ उनले भने,‘यस्तो अवस्थाबाट नतिजा उल्टाउन लगभग असम्भव जस्तै छ ।’

खेल नेपाली समय अनुसार रातको १:३० मा सुरु हुनेछ । 

रियलको अघिल्लो खेल गुमाएका क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेल भने मंगलबारको खेलमा फर्कने भएका छन् । रोनाल्डो सामान्य बिमार रहेका कारण ऐबारसँगको ४–१ को जितमा उनी टोलीमा थिएनन् भने त्यो खेलमा बेल प्रतिबन्धित थिए । बेल र रोनाल्डो टोलीमा फर्किए पनि सेन्टर डिफेन्डर राफेल भारान भने तिघ्राको चोटका कारण मंगलबारको खेलमा उपलब्ध हुने छैनन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.