9 years ago
March 9, 2017
सौरभ गिरी
नेपालगञ्ज – साविक विजेता सुदूरपश्चिमाञ्चल ११ ले जितका साथ टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको सुरुआत गरेको छ । नेपागञ्ज रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली युनाइटेडलाई १–० ले हराउँदै सुदूरपश्चिमाञ्चलले अन्तिम चारको यात्रा तय गरेको हो ।

विदेशी खेलाडी आरोनले २२ औं मिनेटमा गरेको गोल नै सुदूरपश्चिमलाई सेमिफाइनल पुग्न पर्याप्त रह्यो । दिल्लीका डन लेप्चा म्यान अफ दी म्याच घोषित भएका थिए । नक आउटका आधारमा सञ्चालित प्रतियोगिताको उद्घाट अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए ।
अध्यक्ष श्रेष्ठले मध्यपश्चिम क्षेत्रकै शानका रुपमा गोल्ड कप भएकाले त्यसलाई सफल सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । दुई बर्षपछि मध्यपश्चिमले आठौ राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको प्रसंग उल्लेख गर्दै उनले गोल्डकपले प्रचार प्रसारका लागि पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा झन्डै २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
टुबार्ग नेपालगञ्ज गोल्ड कपमा शुक्रबारको खेल
नेपाल पुलिसविरुद्ध नेपालगञ्ज ११
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]