default_image

9 years ago

October 1, 2015

‘सागर थापाले रेफ्रिलाई अपशब्द बोल्दा कारवाहि छैन?’ : आर्मी प्रशिक्षक केसी

थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे| राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र […]

43 views

0 Bookmark

थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे|

राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए

आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र तामाङको भनाई लिने हो भने भरत खवासले खेलको सुरुवातमा जगजितमाथि गरेको फल रेड कार्ड दिनलायक थियो|

meghraj-sagar

तामाङले भने, ” आजको रेफ्रि थ्रि स्टार र आर्मीको खेलमा रेफ्री गर्न सक्षम छैनन्| यस्तो ठुलो खेलमा अनुभवि रेफ्री हुनुपर्ने थियो| हामी मात्र हैन, हाम्रो विरुद्ध पनि धेरै गल्ति भएको छ| किपरले बक्स बाहिर आएर समाएको बललाई पनि रेफ्रिले फल दिएनन्|”

यस्तै आर्मीका प्रशिक्षक मेघराज केसीेले भने रेफ्रिले सबै खेलाडीहरुलाई समान रुपमा नहेरेको दावी गरे| “मैदानमा पसेपछि सबै खेलाडीलाई समान व्यवहार गर्नुपर्छ| मेसीले नेपालको कुनै तल्लो लिगको टिमसंग खेलेपनि उनलाई र अर्को टोलीको खेलाडीलाई उहि नियम लागु हुन्छ,” केसीले थपे|

राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए| स्वयं थ्रि स्टारका प्रशिक्षकले पनि नियमानुसार रेफ्रिले रेड कार्ड दिनुपर्ने कुरा स्विकारे|

आर्मी प्रशिक्षक केसीले खेलपछिको पोष्ट म्याच कन्फ्रेन्समा रेफ्रिले खेलाडी हेरेर निर्णय दिएको बताए| “एन्फाले कि त केहि खेलाडीको नामवली दिएर सो बमोजिम ति खेलाडीलाई केहि नियम नलाग्ने बताउनुपर्यो, नत्र कोहि खेलाडीलाई गल्ति गर्दा कार्ड नदिने र कोहिलाई वित्थामा कार्ड दिने कुरा सह्य भएन,” केसीले थपे |

पत्रकारले केसी स्वयंले केहि शब्द प्रयोग गरेको कुरा सोध्दा उनले एकजनाले बोल्न हुन्छ भने हामीले किन नहुने भने| “एक खेलाडीले उनलाई त्यहि भनेर बोलाउँदा चुप बस्छन् भने हामी किन नबोलाउने| छुट लाग्ने ठाउँमा हामीले पनि बोल्दा हुने नै होला”, उनले थपे|

एन्फाले आजै निकालेको खेल तालिका प्रति पनि केसीले असन्तुष्टि व्यक्त गरे|

“थ्रि स्टारले यो लिगमा एक दिन मात्र खालि पारेर जम्मा एक खेल खेल्नु थियो, तर एन्फाले आज निकालेको तालिकामा त्यो पनि परिवर्तन भएछ| आर्मीले दुई दिनमा पुर्वदेखि पश्चिम २५ घण्टा गाडीमा यात्रा गरेर, गाडीबाट उत्रनासाथ पनि खेल खेलेको छ| मनाङ र थ्रि स्टारसंग खेल्दा हामीले एकदिन मात्र विश्राम पायौं| तालिका बनाउँदा कसैलाई फाइदा र घाटा हुन भएन,” केसीले भने|

राष्ट्रिय टोलीको कप्तानले खेल मैदानमा यस्तो व्यवहार देखाउनुमा तपाईंको प्रतिक्रिया के छ? तल लेख्नुहोस

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.