9 years ago
March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल श्रृखंलामा नेपालले विजयी सुरुआत गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपाली यू १५ टोलीले भुटान यू १५ लाई ७–१ को फराकिलो अन्तरले हराएको छ ।

नेपाली युवा टोलीका तीन फरवार्ड रञ्जन पुन , ब्रिजेश चौधरी र रोशन राना मगरले समान २ गोल गरे । अर्को गोल कलोश बखारियाले गरे । पहिलो गोल रञ्जनले नवौं मिनेटमा गोल गरे भने त्यसको एक मिनेटपछि ब्रिजेशले गोल गरे । त्यस्तै कलोशले १४औ मिनेटमा गोल गरे । ब्रिजेशले १९ औं मिनेटमा अर्को गोल थपे । २६ औं मिनेटमा मिनेटमा रोशनले गोल गरे । भुटानले ३१ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा नेपालका लागि रोन र रञ्जनले गोल थपे ।
एक्सचेन्ज कार्यक्रममा नेपाली टोलीले श्रीलंका र जापानको युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछ । सुनिल श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको टोलीको सहायक प्रशिक्षकमा नबिन महर्जन र सनोज श्रेष्ठ छन् । त्यस्तै टोली अखिल नेपाल फुटबल संघका मनार्थ सदस्य मधुसुदन उपाध्यायको नेतृत्वमा श्रीलंका पुगेको हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]