2 hours ago
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।
फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन ।
आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए।
आजको खेलमा एपिएफले पहिलो रोजाइका रेनुका नगरकोटे, सरु लिम्बू, अनिता केसीलाई आराम दिएको थियो। दोस्रो हाफमा अनिता, सरु र रेनुका मैदान प्रवेश गरेका थिए। दुबै टोलीले केही मौका पाए पनि गोल गर्न सकेनन्।
एपिएफले खेलेका ४ मध्ये २ मा जित र २ मा बराबरी गर्दै ८ अंक जोडेको छ। अर्कोतर्फ शीर्षस्थान इस्ट बंगालले ४ खेलमा ३ जित र १ बराबरीका साथ १० अंक जोडेको छ।
एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीले ४-० ले हराउँदै सहज जित निकाले पनि त्यसपछि गोलको लागि संघर्ष गरेको थियो।
दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराएको थियो।
अर्कोतर्फ ट्रान्सपोर्टलाई ४-०, कराँचीलाई २-० र नासिरलाई ७-० ले हराएको थियो। दुबै टोली अहिलेसम्म गोल खाएका छैनन् । तर एपिएफले ५ गोल मात्रै गर्न सकेको छ। इस्ट बंगालले १३ गोल गरिसकेको छ।
एपिएफले उपाधि जित्नका लागि च्याम्पियनसिपको बलियो टोली इस्ट बंगाललाई हराउनुपर्नेछ। त्यसको परिक्षण आजको खेलमा भएको थियो । कराँची पनि बाहिरि सकेको छ।
आज भएको पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्रान्सपोर्ट र नासिरले १-१ को बराबरी खेलेको थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता थियो ।
शनिवार एपिएफ र इस्ट बंगालबीच फाइनल हुनेछ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]