default_image

3 hours ago

December 23, 2025

नापोलीले जित्यो इटालियन सुपर कप

243 views

0 Bookmark

एजेन्सी – नापोलीले बोलोग्नालाई २-० हराउँदै इटालियन सुपर कप जितेको छ।

साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा नापोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। नापोलीको जितमा दुबै गोल डेभिड नेरेसले गरेका थिए।

२८ वर्षीय ब्राजिलियन खेलाडी नेरेसले ३९ औं मिनेटमा शानदार गोल गर्दै नापोलीलाई अग्रता दिलाए। ५७ औं मिनेटमा बोलोग्नाका खेलाडीको गल्तीको गर्दा उनले दोस्रो गोल थपे।

खेलपछि नापोलीका खेलाडी माटेओ पोलिटानोले भने, ‘हामी इटालीका च्याम्पियन हौँ। यही ट्रफी जित्न आएका थियौँ र राम्रो खेल्दै जित्यौँ।’

यो जितसँगै नापोलीले तेस्रो पटक इटालियन सुपर कप जितेको छ। नेरेसले यसअघि एसी मिलानविरुद्धको सेमिफाइनलमा पनि गोल गरेका थिए।

पहिले सेरी ‘ए’ र इटालियन कप विजेताबीच मात्रै हुने यो प्रतियोगिता सन् २०२३ देखि ४ टोली सहभागी हुने गरी विस्तार गरिएको छ। यो प्रतियोगिता २०२९ सम्म साउदी अरेबियामै आयोजना हुनेछ।

December 23, 2025

नेयमारको घुँडाको शल्यक्रिया सफल

एजेन्सी – ब्राजिल र सान्तोस फरवार्ड नेयमारको बायाँ घुँडाको सफल शल्यक्रिया भएको छ। उनको घुँडाको मेनिस्कसमा समस्या देखिएपछि अपरेसन गरिएको हो। ३३ वर्षीय नेयमारले कठिन सिजनका बीच पनि चोटग्रस्त हुँदै सान्तोसका लागि खेलेका थिए । क्लबलाई ब्राजिलको शीर्ष लिगबाट रेलिगेसन हुनबाट जोगाउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए। सान्तोस अनुसार ब्राजिल राष्ट्रिय टोलीका चिकित्सकले नेयमारको आर्थ्रोस्कोपिक […]

December 23, 2025

सलाहको गोलमा इजिप्टको जित

एजेन्सी – मोहमद सलाहले इन्जुरी समयमा निर्णायक गोल गरेपछि इजिप्टले जिम्बाब्वेलाई २-१ ले हराउँदै अफ्रिका कप अफ नेसन्समा विजयी सुरुवात गरेको छ।‌ अगाडिरमा भएको समूह ‘बी’ को खेलमा जिम्बाब्वेले २०औँ मिनेटमा प्रिन्स डुबेले गोल गर्दै जिम्बाब्वेलाई अग्रता दिलाए । इमानुएल जलाइको क्रसलाई डुबेले राम्रोसँग नियन्त्रण गर्दै गोल गरेका हुन्। तर इजिप्टले दोस्रो हाफमा खेलमा फर्कियो। […]

December 23, 2025

फुलहमको जित

एजेन्सी – क्रिसमसअघि भएको प्रिमियर लिगको अन्तिम खेलमा सोमवार फुलहमले नटिङ्घम फरेस्टलाई १-० ले हराएको छ। पहिलो हाफको इन्जुरी समयमा राउल जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै फुलहमलाई जित दिलाए। डगलस लुइजले बक्सभित्र केभिनलाई फाउल गरेपछि फुलहमले पेनाल्टी पाएको थियो। खेलभर दुवै टोलीले धेरै अवसर बनाउन सकेनन्। फरेस्टका इगोर जेससले सुरुआती मिनेटमै मौका गुमाए भने दोस्रो हाफमा […]

Success

Thank you for your time.