2 hours ago
December 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वान डे क्रिकेट एकेडेमीको टोलीले पोखराका विभिन्न टोलीसँग ८ वटा टि ट्वान्टी क्रिकेट खेल्ने भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकामा रहेको वान डे क्रिकेट एकेडेमीले बुधवारदेखि खेल खेल्नेछ। वान डेका अनुसार
कास्की क्रिकेट क्लब, पोखरा क्रिकेट एकेडेमी र सेन्ट्रल क्रिकेट एकेडेमीसँग टि ट्वान्टी खेल हुनेछ।
यो क्रिकेट सिरिजले खेलाडीको प्रतिभा देखाउने मात्र नभई भविष्यमा उनीहरुको विकासका लागि महत्वपूर्ण अनुभव पनि प्रदान गर्ने विश्वास लिइएको छ।
वान डे क्रिकेट एकेडेमीको टोली
सुशील बराल (कप्तान), विज्ञान अधिकारी,रिवोन श्रेष्ठ, रिगेन बस्नेत, आर्यमन तिवारी, सिवान्त घिमिरे, एम. जि तौकिर, प्रान्जल नेपाली, आरोग्य रेग्मी, केविन कंडेल, आरुष कार्की, युजिन भण्डारी, आरोहन श्रेष्ठ
-पुरुषोत्तम का (प्रशिक्षक), शाम्भवी झा (व्यवस्थापक)
December 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्याण्डसँग खेल्दै स्वदेशमा आयोजना हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप ग्लोबल छनोटको यात्रा सुरु गर्ने छ। नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिनाको अन्तिममा सुरु छनोटको समूह विभाजन र खेल तालिका आज साविक गरेको छ। नेपाल, थाइल्याण्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, […]
December 22, 2025
एजेन्सी – आइसिसी टि-ट्वान्टी विश्व कपका लागि भारतीय क्रिकेट टोलीमा पर्न असफल भएका शुभमन गिलले पञ्जाबबाट घरेलु एकदिवसीय क्रिकेट प्रतियोगिता विजय हजारे ट्रफी खेल्ने भएका छन्। शुभमन, अभिषेक शर्मा र अर्शदीप सिंहसहित पञ्जाबले १८ सदस्यीय टोली घोषणा गरेको छ। पञ्जाबले प्रतियोगितामा आफ्नो पहिलो खेल डिसेम्बर २४ मा महाराष्ट्रविरुद्ध खेल्नेछ। टोलीमा यी ३ भारतीय खेलाडीका साथै […]
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]