fbpx
default_image

1 day ago

December 24, 2025

आर्सनल लिग कपको सेमिफाइनलमा

382 views

0 Bookmark

एजेन्सी – आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ।

आर्सनलका गोलकिपर केपा अरिजाबालागा टोलीको जितको नायक बने। निर्धारित समय १-१ को बराबरीमा खेल टुंगिएको थियो। पेनाल्टी सुटआउटमा आर्सनल ८-७ ले विजयी भएको थियो।

खेलको ८०औँ मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स लाक्रोइक्सबाट आत्मघाती गोल भएपछि आर्सनलले अग्रता लिएको थियो। तर इन्जुरी समयको पाँचौँ मिनेटमा प्यालेसका मार्क गेहीले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको अन्तिम क्षणमा आर्सनलका डेक्लान राइसले जितको अवसर पाए पनि प्यालेसका गोलकिपर वाल्टर बेनिटेजले उत्कृष्ट बचाउ गरे।

निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो। सुटआउटमा गोलकिपर अरिजाबालागाले लाक्रोइक्सको निर्णायक पेनाल्टी बचाउँदै आर्सनललाई जित दिलाए। अब फाइनल पुग्नका लागि आर्सनलले लन्डनकै अर्को टोली चेल्सीको सामना गर्नेछ।

December 25, 2025

अल नासरको सानदार जित

एजेन्सी – एएफसी च्याम्पियन्स लिग समूह डी को खेलमा अल नासरले अल जाव्रालाई ५-१ ले हराएको छ। यो जितसँगै साउदी प्रो लिग टोलीले समूह चरणमा शतप्रतिशत जित दर्ता गर्यो। खेलमा किङ्स्ली कोमानले २ गोल गर्दै चम्किए। अल जाव्राले हारको बाबजुद पनि गोल अन्तरमा एफसी इस्तिक्लोललाई पछि पार्दै नकआउट चरणमा प्रवेश गरेको छ। साउदी अरबको रियादस्थित […]

December 25, 2025

क्यामरुनलाई सफलता

एजेन्सी – अफ्रिका कप अफ नेसन्स (एफकोन) फुटबलमा क्यामरुनले समूह एफको पहिलो खेलमा गाबोनलाई १–० ले हराएको छ। खेलमा क्यामरुनका कार्ल एट्टा इयोङले छैंटौं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। ब्रायन एमबुमोको पासमा इयोङले गोल गरे। अफसाइडको कारण सुरुमा गोल मान्य नभए पनि भिएआर जाँचपछि गोललाई मान्यता दिइयो। क्यामरुन नयाँ प्रशिक्षक डेविड पागुको नेतृत्वमा यो […]

December 24, 2025

माजियालाई महिला लिग उपाधि, रेखा र दीपाको गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीका सदस्य रेखा पौडेल र दीपा शाहीसम्मिलित माजिया माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले माल्दिभ्सको‌ एफएएम महिला फुटबल लिगको उपाधि जितेको छ। माजियाले मंगलवार भएको फाइनलमा ओडी स्पोर्ट्स क्लबलाई २-० ले हराउँदै उपाधि जितेको छ। यो माजियाको पहिलो महिला लिग उपाधि हो। खेलको दोस्रो हाफमा रेखा र दीपाले गोल गर्दै माजियालाई […]

Success

Thank you for your time.