3 hours ago
December 25, 2025
एजेन्सी – एएफसी च्याम्पियन्स लिग समूह डी को खेलमा अल नासरले अल जाव्रालाई ५-१ ले हराएको छ।
यो जितसँगै साउदी प्रो लिग टोलीले समूह चरणमा शतप्रतिशत जित दर्ता गर्यो। खेलमा किङ्स्ली कोमानले २ गोल गर्दै चम्किए। अल जाव्राले हारको बाबजुद पनि गोल अन्तरमा एफसी इस्तिक्लोललाई पछि पार्दै नकआउट चरणमा प्रवेश गरेको छ।
साउदी अरबको रियादस्थित किङ साउद युनिभर्सिटी स्टेडियममा भएको खेलको १२औं मिनेटमा हुसैन फलाहले बल गुमाउँदा एन्जेलोसँग पास आदान–प्रदान गर्दै कोमानले पहिलो गोल गरेका थिए।
१९औं मिनेटमा अल–जाव्राले कर्नर रोक्न नसक्दा वेस्लेले सहजै टोलीका लागि दोस्रो गोल गरे।
अब्दुल्लाह अल–अम्रीले २९औं मिनेटमा जोआओ फेलिक्सको कर्नर हेडरमार्फत गोल गरे।
४४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले फेलिक्सलाई पास दिएर चौथो गोल गराए। दोस्रो हाफमा रोनाल्डोको ठाउँमा मोहम्मद मारान मैदान प्रवेश गरे।
अल–जाव्राले ५०औं मिनेटमा मोहम्मद कासिमको पासमा इब्राहिम ग्बाडामोसीले एक गोल फर्काए। तर ५६औं मिनेटमा कोमानले फेलिक्सको सहयोगमा टोलीको पाँचौं गोल गरे।
एएफसी च्याम्पियन्स लिगमा अन्य खेलका नतिजा

December 25, 2025
एजेन्सी – अफ्रिका कप अफ नेसन्स (एफकोन) फुटबलमा क्यामरुनले समूह एफको पहिलो खेलमा गाबोनलाई १–० ले हराएको छ। खेलमा क्यामरुनका कार्ल एट्टा इयोङले छैंटौं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। ब्रायन एमबुमोको पासमा इयोङले गोल गरे। अफसाइडको कारण सुरुमा गोल मान्य नभए पनि भिएआर जाँचपछि गोललाई मान्यता दिइयो। क्यामरुन नयाँ प्रशिक्षक डेविड पागुको नेतृत्वमा यो […]
December 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीका सदस्य रेखा पौडेल र दीपा शाहीसम्मिलित माजिया माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले माल्दिभ्सको एफएएम महिला फुटबल लिगको उपाधि जितेको छ। माजियाले मंगलवार भएको फाइनलमा ओडी स्पोर्ट्स क्लबलाई २-० ले हराउँदै उपाधि जितेको छ। यो माजियाको पहिलो महिला लिग उपाधि हो। खेलको दोस्रो हाफमा रेखा र दीपाले गोल गर्दै माजियालाई […]
December 24, 2025
एजेन्सी – आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। आर्सनलका गोलकिपर केपा अरिजाबालागा टोलीको जितको नायक बने। निर्धारित समय १-१ को बराबरीमा खेल टुंगिएको थियो। पेनाल्टी सुटआउटमा आर्सनल ८-७ ले विजयी भएको थियो। खेलको ८०औँ मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स लाक्रोइक्सबाट आत्मघाती गोल भएपछि आर्सनलले अग्रता लिएको थियो। तर इन्जुरी समयको पाँचौँ […]