fbpx
default_image

2 hours ago

December 25, 2025

दुर्घटनामा क्रिकेटर मिनाशको निधन

1194 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेश क्रिकेट टोलीका कप्तान रहिसकेका २७ वर्षीय क्रिकेटर मिनाश थापाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको हो । एयरपोर्टबाट गणेशचोकतर्फ जाँदै गर्दा थापा सवार प्रदेश नम्बर १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

थापाको निधनले नेपाली क्रिकेट क्षेत्रमा शोक छाएको छ । कोशी प्रदेश क्रिकेट संघले पनि थापाको निधनले क्रिकेटलाई क्षति पुगेको जनाएको छ । प्रदेश टोलीको कप्तानी समेत गरिसकेका विकेटकिपर ब्याटर घरेलु क्रिकेटमा परिचित नाम थिए ।

December 23, 2025

श्रीलंकामाथि भारतको सहज जित

एजेन्सी – भारतले महिला टि ट्वान्टी आई‌ सिरिजमा श्रीलंकाविरुद्ध लगातार दोस्रो जित हात पारेको छ। दोस्रो खेलमा आज भारतले ७ विकेटको सहज जित निकाल्दै शृंखलामा २-० को अग्रता बनाएको छ।१ सय २९ रनको लक्ष्य पछ्याएको भारतलर सेफाली वर्माको‌ अर्थशतकका‌ साथ ११.५ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्यो । सेफालीले ३४ बलमा ११ चौका १ छक्कासहित […]

December 23, 2025

टि ट्वान्टी ग्लोबल छनोट – नेपालको पहिलो खेल थाइल्याण्डसँग

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्याण्डसँग खेल्दै स्वदेशमा आयोजना हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप ग्लोबल छनोटको यात्रा सुरु गर्ने छ‌। नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिनाको अन्तिममा सुरु छनोटको समूह विभाजन र खेल तालिका आज साविक गरेको छ। नेपाल, थाइल्याण्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, […]

December 23, 2025

वान डे क्रिकेट एकेडेमीले पोखरामा टि ट्वान्टी खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- वान डे क्रिकेट एकेडेमीको टोलीले पोखराका विभिन्न टोलीसँग ८ वटा टि ट्वान्टी क्रिकेट खेल्ने भएको छ। कागेश्वरी मनोहरा नगरपालिकामा रहेको वान डे क्रिकेट एकेडेमीले बुधवारदेखि खेल खेल्नेछ। वान डेका अनुसारकास्की क्रिकेट क्लब, पोखरा क्रिकेट एकेडेमी र सेन्ट्रल क्रिकेट एकेडेमीसँग टि ट्वान्टी खेल हुनेछ। यो क्रिकेट सिरिजले खेलाडीको प्रतिभा देखाउने मात्र नभई भविष्यमा […]

Success

Thank you for your time.