default_image

9 years ago

March 14, 2017

नेपालगञ्ज गोल्ड कपको सेमिफाइनलमा रुपन्देही र पुलिसको आमना सामना

133 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद) – टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलमा अग्नी रुपन्देही ११ र विभागिय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । नेपालगञ्ज रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलको विजेताले फाइनलमा सिएमजी क्लब संकटाको सामना गर्नेछ ।

फोटो: मनोज थापा

फोटो: मनोज थापा

संकटाले सोबार सुदूरपश्चिमाञ्चललाई टाइब्रेकरमा ५–४ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । नेपालगञ्ज गोल्डकपमा रुपन्देहीले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र पुलिसले आयोजक नेपालगञ्ज ११ लाई समान २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश पाएका थिए ।

रुपन्देही र पुलिसले यो बर्ष एक एक वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । पुलिसले गत महिना धरानको १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि जितेको थियो भने त्यसअघि रुपन्देही रममप उदयपुर गोल्ड कपको उपाधि जितेको थियो ।

रुपन्देही र पुलिसले पछिल्लो पटक १९ औं तिलोत्तमा गोल्डकप खेलेका थिए । जहाँ आयोजक रुपन्देही सेमिफाइनल र पुलिस क्वार्टरफाइनल सम्म पुगेका थिए । तिलोत्तमामा दुवै टोली अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता फाइनल चैत ४ गते हुनेछ । विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.