9 years ago
March 15, 2017
युभेन्ट्स (एजेन्सी)– पाउलो डेबालाले पहिलो हाफमा गरेको पेनाल्टी गोलमा एफसी पोर्टोमाथि १–० को जित हासिल गर्दै युभेन्ट्स च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको पोर्टोविरुद्ध समग्रमा ३–० को अग्रतासहित युभेन्ट्स अन्तिम आठमा पुगेको हो ।

पछिल्लो चार बर्षमा युभेन्ट्स च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको यो दोस्रो पटक हो । म्याक्सी पेरिराले पहिलो हाफमै मैदान जोड्नु परेपछि खेलमा फर्केने पोर्टोको सम्भावना लगभग समाप्त भएको थियो । नियतवश ह्यान्डबल गरेका कारण ४० औं मिनेटमा पेरिसाले सोझै रातो कार्डको सामना गर्नु परेको थियो ।
डेबालाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाए । पछिल्लो आठ च्याम्पियन्स लिग खेलमा युभेन्ट्सको छैटौ क्लिन सिट खेल हो । सन् २०१५ देखि घरेलु मैदानमा अपराजित यात्रालाई युभेन्ट्सले बुधबारको खेलमा पनि कायम राखेको छ । युभेन्ट्स च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको यो दसौं पटक हो ।
घरेलु मैदानका पछिल्ला छ खेलमा डेबायाको त्यो पाँचौं गोल थियो । बुधबारको अर्को खेलमा सेभियालाई २–० ले हराउँदै समग्रमा ३–२ को अग्रतासहित लेस्टर च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । रियल मड्रिड, बार्सिलोना, बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड यसअघि नै च्याम्पिन्स लिगको अन्तिम आठमा पुगिसकेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]