default_image

9 years ago

March 17, 2017

एएफसी यु-२३ छनोट: नेपाल कठिन समूहमा

134 views

0 Bookmark

क्वालालम्पुर (एजेन्सी)–अर्को बर्ष चीनमा आयोजना हुने एएफसी यू २३ च्याम्प्यिनसिप फुटबलको छनोट चरणको ड्रमा नेपाल कठिन समुहमा परेको छ।  समुह ‘डी’मा नेपालसहित लेबनान, उज्बेकस्तान र युएई रहेका छन्। 

afc-groups

 छनोट चरणमा नेपालसहित एसियाली फुटबल महासंघ (एएफसी) का ४० सदस्य राष्ट्रलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा ४ टोली रहनेछन् । राउन्ड रोविन लिगपछि हरेक समूह विजेता स्वतः अन्तिम चरणका लागि छनोट हुनेछ । त्यस्तै १० समूहका उत्कृष्ट ५ उपविजेता टोलीले पनि अन्तिम चरणमा प्रवेश पाउनेछन् । समूह चरण जुलाई १९ देखि २३ सम्म आयोजना हुनेछ ।

आयोजकका नाताले स्वतः अन्तिम चरणमा प्रवेश पाउने भएपनि चीनले पनि समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । चीन समूह चरण विजेता वा उत्कृष्ट ५ उपविजेता भित्रमा पर्न सफल भएमा उपविजेतामध्ये शीर्ष ६ मा पर्ने टोलीले पनि अवसर पाउनेछ ।

गत बर्ष कतारमा सम्पन्न एएफसी यू २३ च्याम्प्यिनसिपको प्रदर्शनका आधारमा एएफसीले वरियता क्रम तोकेको छ । ४० सहभागी टोलीलाई पश्चिम, दक्षिण र मध्यलाई गरि पश्चिम क्षेत्र र पूर्व र आसियन गरि पूर्वका आधारमा वरियता निर्धारण गरिएको थियो । दुई समूहमा समान २० टोली रहेका थिए ।

वरियताका क्रममा नेपाल पश्चिम क्षेत्रको १९ औं स्थानमा रहेको छ । नेपालपछि २० औं स्थानमा तुर्किमिनिस्तान रहेको छ । उक्त समूहमा इराक शीर्षस्थानमा छ भने कतार दोस्रो स्थानमा छ । पश्चिमको समूह चरण कतार , युएइ, प्यालेस्टान साउदी अरेबिया र कीर्गिस्तानमा थिए । पूर्व क्षेत्रको वरियतामा जापान शीर्ष र उत्तर कोरिया दोस्रो स्थानमा छ । पूर्व क्षेत्रको समूह चरण दक्षिण कोरिया, थाइल्यान्ड, भियतनाम, म्यानमारमा थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.