9 years ago
March 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत आगामी चैत १५ गते हुने फिलिपिन्स विरुद्धको खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम नामावली घोषणा गरे।

२७ खेलाडी सम्मिलित दोश्रो चरणको नामवली बाट ७ खेलाडी अन्तिम चरणमा पर्न सकेनन। यसअघी ३६ खेलाडीको प्रारम्भिक छनोटबाट ९ खेलाडी घटाइएको थियो। राष्ट्रिय टोलीका नियमित कप्तान अनिल गुरुङ करिब एक दशकको राष्ट्रिय टोलीको यात्रापछि पहिलोपटक अन्तिम छनोटमा परेनन्।
उनीसंगै गोलरक्षक एलेन न्यौपाने, मिडफिल्डर मानबहादुर तामाङ, राजेन्द्र रावल र नवप्रवेशी डिफेन्डर विमल बस्नेत टोलीमा पर्न सकेनन्। डिफेन्डर देवेन्द्र तामाङ र मिदिफिल्डर सुमन लामा भने चोटका कारण अन्तिम २०मा अटाएनन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]