default_image

10 years ago

October 2, 2015

पुलिस विरुद्ध सशस्त्रको शानदार जित

177 views

0 Bookmark

ललितपुर, असोज १५

टोप बहादुर विष्टको दुई गोलको मद्दतले सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्यो  ।

nepal apf

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा भएको खेलमा एपिएफका कप्तान गणेश लावतिले पनि एक गोल गरे  ।

लेफ्ट ब्याक टोप बहादुर विष्टले खेलको १०औं मिनेटमा मिडफिल्डर हेमन गुरुङको पासलाई सदुपयोग गर्दै बक्स भित्रबाट पहिलो गोल गरेका थिए ।

दोश्रो हाफको सुरुवातमै विष्टले व्यक्तिगत र टोलीको दोश्रो गोल गरे| खेलको म्यान अफ द म्याच समेत पाएका उनले ४६औं मिनेटमा जङ्बु शेर्पा संग वान टु पास खेल्दै गोल गरेका थिए ।

एपिएफका लागि तेश्रो तथा अन्तिम गोल कप्तान गणेश लावतिले हेडिङ मार्फत गरे । खेलको ७७औं मिनेटमा नविन लामाले मिलाइदिएको पासमा अनमार्क रहेका लावतिले गोल गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.