default_image

9 years ago

March 18, 2017

जितसँगै शीर्षस्थानमा दुरी बढाउँदै रियल

211 views

0 Bookmark

स्पेन (एजेन्सी)– स्पेनिस ला लिगमा रियल म्याड्रिड शीर्षस्थानमा थप मजबुद बनेको छ । शनिबार एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ५ अंकले पछाडि पारेको छ ।

madrid-real

खेलको २५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्रिस्टियानो रोनाल्डोको क्रसलाई सदुपयोग गर्दै बेन्जेमाले गोल गरेका हुन् । तर ६५औं मिनेटमा अरिट्ज अडुरिजले हेडर मार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

तर, अडुरिजले खेललाई बराबरीमा ल्याएको तीन मिनेट नबित्दै रियलले खेलमा पुनः अग्रता बनायो । क्यासेमिरोले कर्नरबाट आएको बललाई नियन्त्रणमा लिंदै गोल गरेपछि रियलले दोस्रो पटक अग्रता लिएको थियो ।

रियल २७ खेलमा ६५ अंक जोडेको छ । समान खेलमा बार्सिलोनाको ६० अंक छ । ५७ अंक सहित सेभिला तेस्रो स्थानमा छ । आइतबार बार्सिलोनाले भ्यालेन्सिया तथा सेभिलाले एट्लेटिको म्याड्रिडसँग खेल्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.