default_image

9 years ago

March 19, 2017

प्रिमियर लिगमा युनाइटेडेको ६ सयौं जित

162 views

0 Bookmark

मिडल्सब्रो (एजेन्सी)– प्रिमियर लिगमा ६ सयौं खेल जित्ने म्यानचेस्टर युनाइटेड पहिलो क्लब बनेको छ । आइतबार मिडल्सब्रोलाई ३–१ ले हराउँदै युनाइटेडले कोसेढुंगा पार गरेको हो ।

united

३० औं मिनेटमा एस्ले योङको पासमा माराउने फिलानीले नजिकबाट हेड गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । हुवा माटाको पासमा जेसी लिनगार्डले ६२ औं मिनेटमा दोस्रो गोल गर्दै युनाइटेडको अग्रतालाई दोब्बर पारे । खेल सकिन १३ मिनेट बाँकी रहँदा रुडी गेसटेडेले गोल फर्काउँदै युनाइटेडमाथि मिडल्सब्रोले दबाब बढाउने कोसिस गरेका थिए । तर इन्जुरी समयको तेस्रो मिनेटमा एन्टोनियो भ्यालेन्सियाले गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

जितपछि आर्सनल(५० अंक) लाई पछि पार्दै युनाइटेड (५२ अंक) पाँचौं स्थानमा उक्लेको छ । मिडल्सब्रो अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.