default_image

9 years ago

March 20, 2017

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

181 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरीलाई पुनः घटाएको छ । १० खेलाडीमा सिमित भ्यालेन्सियालाई गए राती ४–२ ले हराउँदै बार्सिलोनाले रियलसँगको दुरी छोट्टाएको हो । टोलीको जितमा लियोनल मेस्सीले २ तथा लुइस स्वारेज र एन्ड्रे गोमेजले गोल गरेका थिए।

suarez

७८ हजार बढी दर्शकको उपस्थित रहेको क्याप नोउमा भ्यालेन्सियाका लागि २९ औं मिनेटमा इलिक्वीम मांगला गोल गरेका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । ३५ औं मिनेटमा स्वारेजले बराबरी गोल फर्काए । पहिलो हाफको अन्त्यतिर मांगलाले रातो कार्ड पाएपछि भ्रमणकारी टोली १० खेलाडीमा सिमित भएको थियो ।

स्वारेजलाई पेनाल्टी बक्समा लडाएपछि मांगलाले रातो कार्ड पाएका हुन् । त्यहि घटनामा प्राप्त पेनाल्टीमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता पनि लामो समय टेकिने । पहिलो हाफको इन्जुरी समयमा मुनिर इल हाडादीले बराबरी गोल फर्काए । बार्सिलोनाबाट लोनमा भ्यालेन्सिया पुगेका मुनिरले गोलले खुसीयाली भने मनाएनन् ।

दोस्रो हाफको सुरुआतमा मेस्सीले उत्कृष्ट गोलमार्फत बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए । चोटमुक्त भएर फर्केका नेमारले दोस्रो हाफमा फ्रिकिकमार्फत गोल गर्ने प्रयास गरेपनि सफल भएनन् । उनको प्रहार पोस्टमा लागेर फर्केको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा नेमारको पासमा गोमेजले ट्यापमार्फत गोल गर्दै टोलीको जितलाई सहज बनाएका थिए ।

जित पछि बार्सिलोना शीर्षस्थानका रियालभन्दा २ अंकले पछाडि छ । जिनेदिन जिदानको टोलीले बार्सिलोनाले भन्दा १ खेल कम खेलेको छ ।
हाइलाइट्स

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.