default_image

9 years ago

March 20, 2017

‘नयाँ नेमार’ भित्राउन बार्सिलोना र रियलबीच प्रतिस्पर्धा

222 views

0 Bookmark

साओ पाउलो (एजेन्सी)– ब्राजिलियन युवा खेलाडी भिनिकस जुनियरले अर्का नेमारको संज्ञा पाएका छन् । दक्षिण अमेरिकामा सम्पन्न यू १७ च्याम्पियनसिपका उच्च गोलकर्ता १६ बर्षिय भिनिकसले प्रतियोगितामा उच्च प्रदर्शन गरेसँगै उनी ठूला क्लबको रोजाइमा परेका छन् ।

neymar

भिनिकसलाई बार्सिलोनामा ल्याउन क्लबले नेमारको मद्दत लिन सक्छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको प्रदर्शन हेर्न चिलिमा सम्पन्न दक्षिण अमेरिका यू १७ च्याम्पियनसिप हेर्न रियल म्याड्रिड र बार्सिलोनाका स्काउटहरु पुगेका थिए ।

भिनिकसले च्याम्पियनसिपको ९ खेलमा ७ गोल ब्राजिललाई उपाधि दिलाउन मद्दत गरेका थिए ।म्याड्रिड र बार्सिलोनाबाहेक चेल्सी र आर्सनल लगायत ठूला क्लबले उनीमाथि चासो देखाएका छन् ।

यसअघि म्यानचेस्टर युनाइटेडले हाल ब्राजिलियन क्लब फ्लामेंगोसँग आवद्ध रहेका भिनिकसमाथि चासो देखाएको थियो ।

तर, उनलाई भित्राउन ठूलो रकम खर्च गर्नुपर्ने भएपछि युनाइटेड पछि हटेको फ्लामेंगोका अध्यक्षले खुलाएका थिए । ब्राजिलियन खेलाडी राम्रो ड्रिबल, सटिक पास र चाहिएको बेला गोल गर्न योग्य रहेको स्काउटहरुले जनाएका छन् । उनले १८ बर्षको उमेरपछि मात्र युरोपको क्लबहरुमा अनुबन्धित हुन पाउनेछन् ।

 

vinicus

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.