9 years ago
March 21, 2017
स्पेन (एजेन्सी)- रियल म्याड्रिड एवं पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको ‘प्लेयर अफ द इयर’को उपाधि जितेका छन्। रियलबाटै व्यवसायिक फुटबल खेल्दै आएका डिफेन्डर पेपे र गोलरक्षक रुइ प्याट्रिसिओलाई पछि पार्दै उनले सो उपाधि जितेका हुन्।

फाइल तस्बिर
सन् २०१६मा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जित्दा फाइनल खेलमा एट्लेटिको म्याड्रिडविरुद्ध पेनाल्टीमा निर्णायक गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको उच्च गोलकर्ता पनि बनेका थिए। उनले प्रतियोगिता अवधिभर ऐतिहासिक १६ गोल गरेका थिए।
यसैगरी राष्ट्रिय टोलीका लागि पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले युरो २०१६को उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए। यसैको फलस्वरुप उनले २०१६को ब्यालन डि’ओर र फिफा द बेष्ट को उपाधि पनि जितेका थिए।
युरो २०१६मा चर्चित रहेका रेनाटो स्यान्चेस उत्कृष्ट युवा खेलाडी घोषित हुँदा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फर्नान्डो स्यान्टोस उत्कृष्ट प्रशिक्षक चुनिए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]