default_image

9 years ago

March 21, 2017

स्वाइन्सटाइगरले म्यानचेस्टर युनाईटड छाडे

182 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – जर्मनीका पूर्वकप्तान एवं म्यानचेस्टर युनाईटडबाट व्यावसायिक फुटबल खेल्दै आएका स्टार मिडफिल्डर बास्टियन स्वाइन्सटाइगरले क्लब छोड्ने भएका छन्अमेरिकी क्लब सिकागो फायरले उनलाई १ वर्षको करार दिएपछि युनाईटेड छाडेर उनि एम.एल.एस. खेल्न अमेरिका जाने भएका हुन्

FBL-ENG-FACUP-MAN UTD-WIGAN

म्यानचेस्टर युनाईटेड र सिकागो फायरबीच सोमबार भएको सम्झौता अनुसार स्वाइन्सटाइगरले आजकै मितिबाट युनाईटेड छाड्नेछन् उनले आफ्नो फेसबुक भिडियो मार्फत सम्पूर्ण समर्थक र आफ्नो खेलाडी साथीहरुलाई धन्यवाद दिएका छन्

 उनले आफु यस क्लबबाट खेल्न पाउनुमा गौरव लागेको र समर्थकहरुको सद्भाव र उत्साहले आफु प्रभावित भएको पनि बताएजोसे मोउरिन्होको नजरमा नपरेका स्वाइन्सटाइगरले यस सिजन वैकल्पिक खेलाडीका रुपमा धेरै समय बिताएका थिए

बाँकी समय पनि उनको खासै प्रयोग नहुने देखेपछि युनाईटेडले फायरको आग्रह स्वीकारेको हो। सन् २०१५मा लुइस भान गालले बायर्न म्युनिखबाट ओल्ड ट्राफर्ड भित्र्याएका स्वाइन्सटाइगरलाइ पोर्चुगिज प्रशिक्षक माउरिन्होले भने जुनियर टोलीसंग प्रशिक्षण गराईरहेका थिए

उनले आफ्नो बिदाईको क्रममा हालेको भिडियो तल हेर्न सकिनेछ:

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.