default_image

9 years ago

March 23, 2017

विश्वकप छनोटमा ब्राजिल र उरुग्वे भिड्दै

164 views

0 Bookmark

मोन्टेभिडियो (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत उरुग्वे र ब्राजिल आमनेसामने हुँदैछन् ब्राजिलले प्रशिक्षक पदमा टिटेलाइ नियुक्त गरेयता लगातार ६ खेलमा जित हात पारेको छ र यस जितसंगै विश्वकपमा आफ्नो नाम पक्का गर्ने सम्भावना रहेको छ

neymar-and-cavani

उरुग्वेले आफ्नो घरेलु मैदानमा खेलेको ६ ओटै खेलमा जित दर्ता गरेको छ यधपी उरुग्वेले पछिल्लो चरणमा पहेंलो कार्ड खाएका कारण लुइस सुआरेजलाई खेलाउन पाउने छैन यसबाहेक एट्लेटीको म्याड्रिडका डिफेन्डर होसे मारिया जिमिनेज र गोलरक्षक फर्नान्डो मस्लेरा पनि प्रतिबन्धका कारण उपलब्ध रहने छैनन्

ब्राजिलले लागि भने म्यानचेस्टर सिटीका ग्याब्रियल जेसस चोटका कारण खेल्न नसक्ने भएपछि आक्रमणको जिम्मेवारी लिभरपुलका रोबर्टो फिर्मिनोलाई सुम्पिएको छ उनलाई सहयोग गर्न बार्सिलोनाका नेयमार र उनकै क्लबका फिलिप कौटिन्हो साथमा हुनेछन्

छनोट चरणको ६ खेल बाँकी रहेको अवस्थामा ब्राजिल १२ खेलमा २७ अंक बोकेर शीर्षस्थानमा रहेको छ दोश्रो स्थानमा रहेको उरुग्वेको भने २३ अंक रहेको छ शीर्ष ४ स्थानमा रहने टोलीले सिधै विश्वकप खेल्न पाउँछन् भने पाँचौ रहने टोलीले छनोट हुन प्लेअफ खेल्नुपर्ने प्रावधान रहेको छ

ब्राजिल र उरुग्वेबिचको खेल नेपाली समयानुसार शुक्रबार विहान ४:४५बजे हुनेछ

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.