9 years ago
March 23, 2017
मोन्टेभिडियो (एजेन्सी) – रसियामा सन् २०१८ मा हुने विश्वकप फुटबल छनोट अन्तर्गत शुक्रबार बिहान दक्षिण अमेरिकी छनोटमा कोपा अमेरिका विजेता चिली र अर्जेन्टिना आमने सामने हुदैछन्।

शुक्रबार बिहान हुने खेल अर्जेन्टिनाका लागि निकै महत्वपू्र्ण छ। कोपा अमेरिका विजेता टोलीमाथि जित निकाल्न सके अर्जेन्टिनाले रसिया विश्वकपका लागि सिधै छनोट हुने सम्भावना राख्नेछ। विश्वकप छनोटको पछिल्ला चार खेलमा पेरु र भेनेजुएलासँग बराबरी तथा पाराग्वे र ब्राजिलसँग हार व्यहोरेपछि अर्जेन्टिनाको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको थियो।
छनोट चरणअन्तर्गत सान्टियागोमा गत मार्चमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको थियो । तर, त्यो हारको बदला गत जुनमा अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा चिलीले लिएको थियो। छनोट चरणमा अर्जेन्टिनाले पाँच खेलमा जित, चार बराबरी र तीनमा हार बेहोरेको छ।
१० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १२ खेलबाट १९ अंक जोड्दै पाँचौ स्थानमा छ। अर्जेन्टिनाभन्दा अघि चिली चौथो स्थानमा छ। दक्षिण अमेरिकाबाट शीर्ष चार टोली स्वत: विश्वकपमा छनोट हुने प्रावधान छ।
चिलीविरुद्धको खेलमा अर्जेन्टिनालाई स्टार खेलाडीहरु लियोनेल मेस्सी र एन्जल डि मारियाको साथ रहनेछ। यस्तै म्यानचेस्टर सिटीका सर्जियो अगुएरो र म्यानेचस्टर युनाइटेडका मार्काेस रोजोपनि टोलीमा रहेका छन्। यता चिलीलाई भने खेलाडीहरु चोट टाउको दुखाई बन्न सक्छ। आर्टुरो भिडाल प्रतिबन्धका कारण अर्जेन्टिनाविरुद्धको खेलमा उपस्थित हुने छैन भने एलेक्सिस स्यान्चेजले खेल्नेमा शंका छ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत बिहीबार मोन्टेभिडियोमा हुने अर्को खेलमा ब्राजिलले उरुग्वेको सामना गर्दैछ। यस्तै अर्काे खेलमा कोलम्विया भेनेजुएला, पाराग्वे इक्वेडर र भेनेजुएला र पेरुले खेल्नेछ।
अर्जेन्टिना र चिलीबिचको खेल नेपाली समयानुसार शुक्रबार बिहान ५:१५ बजे हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]