9 years ago
October 2, 2015
एएफसी यु १९ छनोट चरणको पहिलो खेलमा घरेलु टोली ईरान बिरुद्ध नेपालले खराब सुरुवात गरेको छ |
आफ्नो पहिलो रोजाईको डिफ़ेण्डेर आकाश थापा र गौरब बुडाथोकिलाइ चोटको कारणले गुमाएको नेपालको रक्षा पंक्ति निकै फितलो देखियो | साफ बिजेता रहेको नेपाल को खेल मा धेरै मिसपास देखियो जुन घरेलु टोलीले सधुपयोग गर्दै गोल गर्न सफल भयो |
खेलको सुरुवाती १२ मिनेटमा ३ गोल खाएको नेपाल पहिलो हाल्फको समप्तीमा ५-० ले पछी थियो |
पहिलो हाल्फ़ मा ५-० गोल ले पछि परेको नेपालले दोस्रो हल्फ़मा थप ५ गोल खादै भारी अन्तरको हार बेवोरो | खेलको अन्तिम १० मिनेटमा नेपाल ले ४ गोल खाएको थियो |
नेपालले अर्को खेल आइतबार कुवैत बिरुद्ध खेल्ने छ |
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]