default_image

9 years ago

March 24, 2017

कप्तान रोड्रिग्वेजको गोलमा कोलम्बियाको जित

157 views

0 Bookmark

ब्रानक्विला (एजेन्सी) – कप्तान हामेज रोड्रिग्वेजको गोलमा कोलम्बियाले बोलिभियालाइ १–० ले हराउदै विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोट अंकतालिकाको चौथो उक्लन सफल भएको छ ।

 

Rodriguez

निकै नै रोमाञ्चक बन्दै गरेको दक्षिण अमेरिकी छनोटमा यसअघि पाँचौ स्थानमा रहेको कोलम्बियाले जितसँगै एक स्थान माथि चढेको हो । १० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटमा शीर्ष चार टोली स्वतः विश्व कपमा छनोट हुने प्रावधान छ ।

हुवान क्वारड्राडोलाई लडाएपछि पाएको पेनाल्टीलाई पहिलै गोल गर्न नसकेका कप्तान रोड्रिग्वेजले फर्किएर आएको बललाई सहजै ट्याप गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाएका थिए । बोलिभियाका गोलरक्षक कार्लोस लाम्पेले रोड्रिग्वेजको प्रहार रोकेपछि फर्किएको बललाइ ८३ औं मिनेटमा उनले सदुपयोग गरेका थिए ।

जितसंगै कोलम्बिया २१ अंक सहित चौथो स्थानमा छ भने ब्राजिल, उरुग्वे र अर्जेन्टिना क्रमशः ३०,२३ र २२ अंकसहित पहिलो , दोस्रो र तेस्रो स्थानमा छन् । पाँचौ र छैठौ स्थानमा रहेका इक्वेडर र चिलीको समान २० अंक छ ।

शुक्रबारका अन्य छनोटमा अन्य खेलमा ब्राजिलले उरुग्वेलाई ४–१, अर्जेन्टिनाले चिलीलाई १–०, पाराग्वेले इक्वेडरलाई २–१ ले हरायो भने भेनेजुएला र पेरुले २–२ को बराबरी खेलेका थिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.