default_image

9 years ago

March 25, 2017

विश्वकप छनोटमा स्पेनको जित

162 views

0 Bookmark

गिजोन (एजेन्सी) – विश्व कप फुटबल अन्तर्गतको युरोपेली छनोटमा स्पेनले घरेलु मैदानमा इजराइललाई ४–१ ले हराएको छ ।

spain

समूह ‘जि’को खेलमा स्पेनले तेस्रो स्थानमा रहेको इजराइललाई ३ गोलको अन्तरले हराएपछि समान १३ अंक भएको इटालीलाई पछि पार्दै गोलअन्तरका आधारमा स्पेन शीर्षस्थानमा रहेको छ । इटाली दोस्रो र इजराइल ९ अंक सहित तेस्रो स्थानमा छ ।

खेलको सुरुवात देखि घरेलु दर्शकको सामु खेलमा हावी रहेको स्पेनका लागि डेभिड सिल्भा, भिटोलो, डिएगो कोस्टा र इस्कोले गोल गरे । इजराइलका लागि एक मात्र गोल बेल्जियम लिगमा क्लब ब्रुगेसंग आबद्ध ३० बर्षिय मिडफिल्डर लियोर रेफैलोभले गरे ।

खेलको १५ औं मिनेटमा म्यानचेस्टर सिटीका सिल्भाले गोलकिपरको बिचबाट बल छिराउदै गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा सेभिल्लाका स्ट्राइकर भिटोलोले स्पेनको अग्रता दोब्बर गरे ।

दोस्रो हाफमा ५१ औं मिनेटमा कोस्टाले स्पेनको लागि तेस्रो गोल गरे । स्पेनको लागि कोस्टाको चौथो खेलमा यो चौथो गोल हो । जराइललाई रेफैलोभले ७६ औं मिनेटमा गोल गरेका थिए । रियल मड्रिडका मिडफिल्डर इस्कोले गोल गर्दै ४–१ को जित सुनिस्चित गरे ।

नौ समुह रहेका युरोपेली छनोटमा हरेक समूहको शिर्षस्थानका टोली स्वतः विश्वकपमा छनोट हुनेछन् । त्यस्तै उत्कृष्ट ८ उपविजेताले पनि विश्वकपमा प्रवेश पाउनेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.