9 years ago
March 25, 2017
पालेर्मो (एजेन्सी)– गोलकिपर जियनलुगी बुफोनले व्यावसायिक खेल जीवनमा एक हजार खेल पुरा गर्दा इटालीले विश्वकप छनोट अन्तर्गतको शुक्रबारको खेलमा अल्बेनियालाई २–० ले हराएको छ । सोही खेलमार्फत क्लब र राष्ट्रिय टोलीबाट गरेर इटालियन गोलपिकर बुफोनले एक हजार खेलको कोसे ढुंगा पुरा गरेका छन् ।

समूह ‘जी’को खेलमा इटालीले अल्बेनिया हराएपछि समान १३ अंक भएको स्पेनसँग गोलअन्तरका आधारमा पछि रहदै टोली दोस्रो स्थानमा छ ।
इटालीले दुवै हाफमा १–१ गोल गरेको थियो । रोमाका मिडफिल्डर डी रोस्सीले खेलको १५ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाइ अग्रता दिलाएका थिए । त्यस्तै ८० औं मिनेटमा सिरो इमोबाइलको गोलमा इटालीको जित पक्का भएको थियो ।
अन्य नतिजाहरु
समूह जी
स्पेन ४–१ इजराइल
लिएटेनस्टेन १ –३ मेसेडोनियास
समूह डी
जोर्जिया १–३ सर्भिया
अष्ट्रिया २–० मोल्डोभा
आइयरल्यान्ड ० –० वेल्स
समूह आइ
टर्की २–० फिनल्यान्ड
क्रोएसिया १ –० युक्रेन
कोसोभो १ –२ आइसल्यान्ड
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]