default_image

9 years ago

March 25, 2017

हार्टलाई लिथुआनियाविरुद्ध इङ्गल्याण्डको कप्तानीको जिम्मेवारी

145 views

0 Bookmark

इङ्ल्यान्ड (एजेन्सी) – लिथुआनियाविरुद्ध आइतबार हुने विश्व कप छनोट अन्तर्गतको खेलका लागि गोलकिपर जो हार्टले इङ्ल्यान्ड फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । म्यानचेस्टर सिटीका हार्ट इटालीको टोरिनो क्लबमा लोनमा छन् ।

hart

छनोट अन्तर्गतको पाचौं खेल खेल्ने क्रममा रहेका इङ्ल्यान्डका अघिल्ला चारमध्ये २ खेल म्यानचेस्टर युनाइटेडका वेन रुनी र लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले २ खेलमा कप्तानी गरेका थिए ।

लिथुआनियाविरुद्ध प्रशिक्षक ग्यारेथ साउथगेटको टोलीमा रुनी नअटाएपछि हार्टले कप्तानीको मौका पाएका हुन् । हेन्डरसन भने चोटका कारण केहि समयदेखि मैदान बाहिर छन् ।

जर्मनीसंगको मैत्रीपूर्ण खेलमा १–० ले पराजित इङ्ल्यान्ड त्यो खेलमा भने चेल्सीका रक्षक ग्यारी केहिलले कप्तानी गरेका थिए । हार्टको टोली टोरिनो हाल इटालियन सिरि ‘ए’ को दशौ स्थानमा रहेको छ । टोरिनोका लागि हार्टले २८ खेल खेलिसकेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.